भूपदेव माली
१५ मंसिर, सप्तरी।
इलाका प्रहरी कार्यालय भारदहद्वारा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यालयमा कार्यालय प्रमुखको रूपमा नवआगन्तुक वरिष्ठ प्रहरी नायब निरीक्षकद्वारा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम तहत शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नव आगन्तुक व.प्र.ना.नि. संजय कुमार यादवले ‘ई.प्र.का. भारदहमा साधन स्रोत, मैन पावर सिमित र कार्य असीमित भएपनि नागरिक सेवा एवं शान्ति सुरक्षाको मार्गमा अडिग रहने छु’ प्रतिबद्धता व्यक्त गरे। उनले लागुऔषध प्रयोगकर्ता (नसेडी) र बदमासहरु समाजमा विकृति फैलाउने कार्य गर्ने गर्नाले यिनीहरूको पैरवी नगरिदिन सबैसँग अनुरोध गरे।
सप्तरीको हनुमान नगर कंकालिनी नपा. वडा नम्बर १, ३ र ४ का जनप्रतिनिधिहरू, समाजसेवीहरू, बुद्धिजीवीहरू, व्यापारीहरू, राजनीति दलका प्रतिनिधिहरू एवं पत्रकार समेतको उपस्थिति रहेको कार्यक्रममा उपस्थित सबैको परिचय पश्चात ट्राफिक पोस्ट भारदहका प्रमुख प्र.स.नी. प्रकाश पाण्डे द्वारा ट्राफिक नियम सम्बन्धी विचार समेत व्यक्त गरिएको थियो।