डम्बर राई
कञ्चनरूप
नेपाल कम्युनिष्ट पार्टी(एमाले)को ११औ राष्ट्रिय महाधिवेशनको लागि सप्तरी जिल्लाबाट प्रतिनिधि छनौट सम्पन्न भएकाे छ । जिल्लाकाे चारवटै निर्वाचन क्षेत्रबाट जम्मा ३० जना महाधिवेशन प्रतिनिधि छनाैट भएकाे जिल्ला अध्यक्ष ताराकान्त चाैधरीले जानकारी गराए ।
अध्यक्ष चाैधरीकाे अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट खुल्लामा उत्तम गौतम, लक्ष्मी मण्डल, शैलेन्द्र चन्द्र झा, महिलामा साबित्रा चाैधरी, सबिता न्याैपाने, युवामा दिनेश यादव र दलितमा संजय कुमार पासवान छनाैट भएका छन् । यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट खुल्ला तर्फ बिनोद यादव, राजाराम यादव, महिलातर्फ रत्ना कुमारी तामाङ युवातर्फ रन्जन कुमार झा र दलिततर्फ गहेन्द्र रमन छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ मा खुल्लातर्फ ताराकान्त चौधरी, दुर्गानन्द ठाकुर, बिनोद कुमार चौधरी महिलातर्फ मिन्तु चौधरी, दिपिका कुमारी यादव युवातर्फ चितरन्जन यादव र दलिततर्फ ललित नारायण रजक छनाैट भएका छन् ।
साथै निर्वाचन क्षेत्र नम्बर ४ बाट खुल्लामा देबनारायण चौधरी, बिजय नारायण कापैर महिलामा बिना कुमारी यादव र युवामा रंजिव कुमार साह छन् ।
केन्द्रीय कमिटी सचिवालय सदस्य सत्य नारायण मण्डल, केन्द्रीय सदस्यहरू (आयोजक कमिटीकाे) सुमनराज प्याकुरेल(पाेलिटव्युराे सदस्य),राजकुमार लेखी, सरीता गिरी यादव, दिवाकर देवकोटा र जितेन्द्र नारायण देवले सप्तरीबाट प्रतिनिधित्व गर्नेछन् । नेकपा(एमाले)काे ११औ राष्ट्रीय महाधिवेशन यहि मङ्सीर २७,२८ र २९ गते भक्तपुरकाे सल्लाघारीमा हुने आयोजकले जनाएकाे छ ।