• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा

बीपी स्मारक पब्लिक मावि. भारदहका प्र.अ.लाई विदाई

img

भूपदेव माली
मंसिर २१, सप्तरी।
सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं १ भारदह बजार स्थित बि.पी. स्मारक पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश प्रसाद गुप्तालाई एक कार्यक्रम बीच विदाई गरेका छन्।
विद्यालय परिवार द्वारा आयोजित एवं विद्यालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष राजकुमार गाइमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अवकाश प्राप्त प्र. अ. गुप्तालाई ससम्मान विदाई गरेका हुन्।
भौतिक संरचना न्यून भएको बेलामा प्र.अ. गुप्ताले गोदाममा कक्षा सञ्चालन प्रारम्भ गरेको कठिन परिश्रम पछि आज सोही विद्यालय पूर्ण रुपले सुसजित संरचना निर्माण गर्दै विद्यालयलाई टेन प्लस टु सम्म पुर्‍याए। मिति २०४९/१०/१७ देखि २०८२/०८/१९ गतेसम्म (३२ वर्ष ११ महिना २ दिन) कार्यकाल पार गरि अवकाश प्राप्त गरेका प्र.अ.गुप्तालाई विद्यालय परिवारले विद्यालयमा उनको योगदानलाई कदर गर्दै फूल – माला एवं दोसल्ला ओढाएर सम्मान सहित विदाई गरिएको थियो। वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा
शिक्षक रोशन कर्णले मञ्च संचालन गरिएको गरिएको थियो भने स्वागत मन्तव्य शिक्षिका उषा मण्डलले राखेका थिए। विद्यालयका पूर्व प्र अ दिगम्बर प्रसाद साह, पूर्व शिक्षक शत्रुघन मण्डल, वडाध्यक्ष सुरेन्द्र मण्डलले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिका, अभिभावक, बुद्धिजीवी, भारदह अस्पताल प्रतिनिधि लगायतका व्यापक उपस्थिति रहेको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी