• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

सप्तरीमा एसइई फारामका नाममा अवैध रकम संकलन

img

न्युज 1नेपाल सम्वाददाता

पौष ७ गते, राजविराज। माध्यमिक शिक्षा परीक्षा (एसइई) फारामका नाममा शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले अवैध रकम संकलन गरिरहेकाे खुलासा भएकाे छ । इकाई प्रमुख शशि कुमार यादवले बिधालयहरूसंग रसिद नै काटेर अवैध रूपमा रकम संकलन गर्दै आएको स्राेतले जानकारी दिएकाे छ । इकाई कार्यालय सहयोगी मुकेश यादवमार्फत विद्यालयबाट १ हजार १ सय रूपैयादेखि ५ हजारसम्म संकलन गर्दै आएका छन् । उनले रकम संकलन गरेर दिएकाे रसिदबाटै थाहा हुन आएको स्राेतकाे दावी छ ।
यसरी परीक्षा फारामका लागि रकम असुली गर्ने कानुनी प्रावधान भएपनि एकरूपले रकम संकलन नगरीएकाे र रकम असुली बापत दिएकाे रसिदकाे कपी कार्यालयमा नरहेकाे बुझिएकाे छ ।

यता अछापे तथा प्रमाणित नभएकाे रसिदबाट विद्यालयमा रकम संकलन गरिरहँदापनि सम्बन्धित शिक्षकहरूले प्रतिवाद गरेका छैनन् । शिक्षकहरूले पनि याे अवैध ठहर गरेका छन् । कार्यालय प्रमुख यादवले समितिमा भएको निर्णयानुसार नै फारमवापतको शूल्क लिएर कार्यालयकाे आन्तरिक आम्दानी खातामा जम्मा भइरहेको बताए । तर समितिका प्रमुख शिवनारायण साहले यो निर्णयबारे आफुलाइ जानकारी नभएकाे भन्दै विद्यालयसँग मनोमानीढङ्गबाट रकम असुली गर्याे भने याे सरासर गलत भएकाे बताए । रकम संकलन भइरहेकाे रसिदकाे बारेमा आफुलाइ कुनै जानकारी नभएकाे सूचना अधिकारी कमलनाथ यादवकाे भनाई छ । सप्तरीमा माध्यमिक शिक्षातर्फ सामुदायिक र संस्थागत गरी १५६ वटा विद्यालयहरू छन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी