११ पुस, सप्तरी ।
सप्तरीको राजविराजमा १२ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् ।
पाँचौ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राजविराजमा मंगलबार आयोजित एक कार्यक्रमका वीच उनीहरुलाई सम्मान गरिएको हो ।
ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरी तथा पूर्व कर्मचारी सेवा परिषद नेपाल, सप्तरीको संयुक्त आयोजनामा ८० बर्ष उमेर माथिका ८ जना ज्येष्ठ नागरिक जिल्ला संघका तथा ७८ बर्ष माथी उमेरका ४ जना पूर्व कर्मचारी सेवा परिषद नेपालका ज्येष्ठ नागरिक गरि जम्मा १२ जनालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिक तर्फ नन्दलाल साह,विजय तातेड,मैनादेवी जोशी,झौली नोनियाँ,फेकु दास, वरिष्ठ अधिवक्ता हिम्मत सिंह, रामकृष्ण गौतम,भोला महतो रहेका छन् । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसैगरी पूर्व कर्मचारी तर्फ गंगा लाल दास,गणेश प्रसाद साह,जगदीश मेहता,प्रयाग लाल यादव रहेका छन् । उनीहरुलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
पूर्व कर्मचारी सेवा परिषद नेपाल सप्तरीका अध्यक्ष चन्द्र देव मेहताको अध्यक्षता तथा ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका अध्यक्ष राम नरेश सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक संघका केन्द्रीय सदस्य शंकर सारदा, सप्तरीका पूर्व अध्यक्ष हित नारायणलाल दास,नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले शुभकामना मन्तव्य व्यक्त गर्दै समाजको जीउँदो इतिहास ज्येष्ठ नागरिकलाई राज्यले उचित सेवा सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए ।
ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका सचिब वरिष्ठ पत्रकार वैद्यनाथ झाद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष सियालाल यादवले गरेका थिए।