• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

पौष पूर्णिमाको कोशी स्नान मेला

img

 

भूपदेव माली
पौष १९, सप्तरी। पौष पूर्णिमाको धार्मिक महत्व दिदै सप्तरीको विभिन्न स्थानहरूमा कोशी स्नान मेला सम्पन्न भएको छ।
पौष पूर्णिमा स्नान, ध्यान एवं दानको विशेष दिन भएकोले सप्तरीको कोशी नदीको पश्चिमी पाखामा भारदह स्थित कोशी ब्यारेज, सप्तकोशीको म्यागदीन चौरिया, कंचनरुपको धनकट्टा एवं मलकौर, हनुमाननगर आदि स्थानहरूमा स्नान थलोको रुपमा मेलाको आयोजन गरी सम्पन्न गरिएको छ।
कोशी स्नान मेला कतिपय स्थानहरूमा तीन दिनसम्म राख्ने परम्परा रहेको छ र कतिपय स्थानहरूमा कौशिकाको मूर्ति समेत स्थापना गरी विधिवत पूजा गरिने परम्परा समेत रहेको छ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नपा वडा नं १ भारदह स्थित कोशी ब्यारेजको मेलामा यस वर्ष मेला भर्ने ठाउँको अभावले अन्य वर्ष जस्तो व्यापरीहरूको घुइँचो देखिएन। यद्यपि कोशी नदीको मनोरम दृश्य, नदीको पानीमा बोटिङ सेवा व्यवस्था एवं ब्यारेजको आकर्षक बनावटका दृश्यहरू अवलोकन गर्न आउने मानिसहरूको व्यापक भिड रहेको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी