• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नयाँ डिएसपीबीच सञ्चारकर्मीकाे भेटघाट तथा परिचय

img

डम्बर राई
कञ्चनरूप
सप्तरीकाे कञ्चनपुर ईलाका प्रहरी कार्यालयमा प्रमुखकाे रुपमा सरूवा भई आएका प्रहरी नायव उपरिक्षक राजेन्द्र रायमाझीबीच स्थानिय सञ्चारकर्मीहरूकाे भेटघाट भएकाे छ । आइतबार बिहान ९ बजे उहाँकाे कार्यकक्षमा भएकाे भेटघाट कार्यक्रममा परिचयबाट प्रसंग अगाडि बढाई स्थानिय गतिविधीबारे छलफल भएकाे थियाे ।

स्थानिय गाउघर, हाट बजार, चाैक लगायत सार्वजनिक स्थलमा शान्ती सुरक्षा रणनीति, लागु औषध दुर्ब्यवसनि, चाेरी पैठारी,अवैध धन्धा लगायत क्षेत्रमा कडा निगरानी गर्ने/ गराउने र सामाजिक दायित्व एवम कर्तव्य बाेधमा प्रहरी र सञ्चारकर्मीले अहम भूमिका राख्ने वातावरण बनाइने छलफल भएकाे हाे । सञ्चारकर्मीहरूले स्थानिय भाैगाेलिक वातावरण र जनप्रभावकाे आधारमा यस कार्यालयले दिनुपर्ने सेवा सुविधा तथा शान्ती सु-ब्यवस्था प्रति पस्किएकाे सुझावमा डिएसपी रायमाझीले पूरा गर्ने प्रतिवद्धता जनाउनु भयाे ।
उहाँले भन्नुभयाे कानुनकाे उलङ्घन हुदैन, कसैलाई तलमाथी गरिने छैन ।
साे अवसरमा प्रेस चाैतारी नेपाल सप्तरीका अध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघ सप्तरीका सह सचिव ङम्बर राई, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अनिल पाेखरेल, सप्तरी महासंघ शाखाका सदस्यद्वय उत्तम आचार्य, किशाेर पासवान, मधेश प्रदेश मिडिया काउन्सिलका बाेर्ड सदस्य मनु पासवान, अबलाेकित दैनिकका संवाददाता अनिस शेख, अपूर्व न्यूजका सम्पादक राज कुमार पासवान, न्युज टुडेका कार्यवाहक सम्पादक तथा पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, पत्रकार कैलाश माझी, पत्रकार राजकुमार साहकाे सहभागिता रहेकाे थियाे ।

प्रहरी प्रधान कार्यालय काठमाडाै नक्सालबाट दुईहप्ता अगाडि माधव काफ्लेकाे ठाउमा आउनुभएको हाे ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी