• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

आत्महत्या गरेका किशोरको शव र जङ्गलमा फेला परेका शव पाेष्टमार्टमका लागि पठाइयाे

img

कञ्चनरूप

सुमन राई

सप्तरीको कञ्चनपुर इलाका प्रहरी कार्यालयले दुईवटा शव पोस्टमार्टमका लागि राजविराज पठाएको छ। जंगलमा सडेगलेको अवस्थामा फेला परेको एक शव र आत्महत्या गरेको अर्काे शवलाई आइतबार गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक राजन रायमाझीका अनुसार कञ्चनरूप नगरपालिका–१२ स्थित पौडाहा देउराली सामुदायिक वन क्षेत्र अन्तर्गत पर्ने माथिल्लो जुटपानी खोला खण्डमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको हो। स्थानीय घाँस–दाउरेहरूले शव देखेर खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार शव पुरुषको भए पनि टाउकोसहित शरीरका केही भाग सडिसकेकाले मृतकको पहिचान तथा उमेर अनुमान गर्न नसकिने अवस्था रहेको छ। हालसम्म मृतकका कुनै पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार मृतक मागीखाने तथा मानसिक रूपमा कमजोर देखिने व्यक्ति हुन सक्ने अनुमान गरिएको छ।

यसैगरी, कञ्चनरूप नगरपालिका–८ निवासी घनश्याम रौनियारका १६ वर्षीय छोरा कृष्णा रौनियारले घरमै घाँटीमा फाँसी लगाई आत्महत्या गरेका छन्। उनी इन्टरनेशनल लक्की इङ्गलिश स्कुलमा कक्षा १० मा अध्ययनरत थिए।

प्रहरीका अनुसार किशोरले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी