• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

देशलाई राजनीतिक द्वन्द्वबाट निकास दिन संविधान संशोधन तथा पुर्नलेखन गर्नु अपरिहार्य

img

न्यूज1नेपाल संवाददाता

राजविराज,२८ माघ ।
देशलाई राजनीतिक द्वन्द्वबाट निकास दिन संविधान संशोधन तथा पुर्नलेखन गर्नु अपरिहार्य रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र नारायण यादवले बताएका छन् । बुधवार प्रेस मञ्च नेपाल सप्तरीद्वारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले देश अहिले चरम राजनीतिक द्वन्दको भुमरीमा फँसेको बताए । अहिलेको सरकार नै असंवैधानिक रहेको टिप्पणी गर्दै उनले दुईतिहाईको सरकारको दम्भले राजनीतिक अस्थिरता उत्पन्न गरि देशलाई राजनीतिक द्वन्दको भुमरीमा फँसाएको आरोप लगाए ।
‘बर्तमान सरकार अवैधानिक बाटोबाट बनेको छ, आफै राजनीतिक द्वन्द्वको भुमरीमा पुगेको सरकारबाट के अपेक्षा लिन सकिन्छ’ उनले भने, संक्रमणकालीन अवस्थाबाट देशलाई लयमा ल्याउने माध्यम निर्वाचन नै हो, तर निर्वाचनले देशलाई सही मार्ग ल्याएपनि मुलुकको निकासका लागि संविधान संशोधन र पुर्नलेखन अपरिहार्य छ ।’

उनले राज्य पुनसंरचना आयोगले सिफारिस गरेको १० जोड १ को आधारमा राज्य पुनर्संरचना, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, जातीय तथा भौगोलिक अल्पसंख्यकलाई संवोधन हुने गरि स्वायत्त, संरक्षित तथा विशेष क्षेत्र, तीनै तहको सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासकीय स्वरुप व्यापक परिबर्तन तथा स्वास्थ्य, शिक्षा, रोजगारीमा राज्यले ग्यारेन्टी लिने जस्ता मुलभुत विषयमा संविधान संशोधन गर्नु जरुरी रहेको बताए ।
अराजकताले राजनीतिक दुषित बनाइएको उल्लेख गर्दै उनले दिशाहीन र नैतिकहीन राजनीतिले देशलाई थप संकटमा धकेल्ने भन्दै चिन्ता व्यक्त गरे । भ्रष्टाचारको अन्त्य, विकास सुशासन र समृद्धिको यात्रा पुरा नभएसम्म देशले निकास पाउन नसक्ने उनले जिकिर गरे ।
गजेन्द्रनारायण सिंहको शालिकमा फूलको माला बालेनको राजनीतिक अपरिपक्वको संकेत भएको टिप्पणी गर्दै अध्यक्ष यादवले केटाकेटीहरुले भर्खरै राजनीतिक सिक्दैछ्न भन्ने रुपमा यसलाई लिन आग्रह गरे । मधेसको महापुरुषमाथि गरिएको असामाननिय व्यवहारले मधेस र मधेसी जनताको शिर झुकाएको भन्दै उनले एक मिनेट समय निकालेर गजेन्द्र बाबुको शालिकमा माल्यार्णण गरि सम्मान गरेको भए बालेनको कद उच्च नै हुनेमा कुनै सन्देह नभएको बताए ।
अध्यक्ष यादवले सप्तरी विकासमा अगाडि छ भन्ने संदेश दिन आफूले अन्यठाउँ छोडेर यहाँबाट उम्मेदवारी दिएको बताए । बहुदलीय व्यवस्था आएपछि ३० वटा प्रधानमन्त्री फेरिएपनि जिल्लामा कुनै परिबर्तन नदेखिएको भन्दै दुख व्यक्त गरे ।
उनले व्यवस्था फेरिएसंगै जनताको अवस्था पनि फेरिनु पर्छ भन्दै राजनीतिक लडाइँ लडेको बताए । जनता समाजवादी पार्टी नेपाल आवजविहीनहरुको आवाज भएको र उनीहरूको सबाल उठाउने नीति लिएको पार्टी भएकोले यसलाई मुर्तरुप दिन पत्रकारहरुको सहयोग पाउने विश्वास व्यक्त गरे ।
सप्तरीमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, नर्सीङ कलेज, इन्जिनियरिङ कलेज, न्योरोर रुपनी गाइघाट हुँदै केरुङ सम्मको राजमार्ग, रुपनी-राजविराज, भारदह- राजविराज चारलेनको मार्ग, राजविराज – छिन्नमस्ता २ लेनको मार्ग , राजविराजको चक्रपथ जस्ता शिक्षा, स्वास्थ्य, कृषि र यातायात सहितका ३ दर्जनभन्दा बढी गौरवका भौतिक पूर्वाधारका योजना सुरु गरेको बताउँदै उनले संचालनमा रहेको योजनालाई पूर्णता दिन तथा जिल्लामै विकासमा पछि परेको क्षेत्र नम्बर ३ लाई विकासमा अगाडि बढाउन सप्तरीलाई रोजेको बताए ।
प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष धर्मपाल राउतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री रेणु कुमारी यादव, शैलेन्द्र प्रसाद साह, पूर्व प्रदेश सभा सदस्य विदेश्वर प्रसाद यादव ( विक्की) ,केन्द्रीय सदस्य शम्भु झा, अमरनाथ मण्डल, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, सुनिल कुमार झा लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी