• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरी १ मा केहिदलबाट आचारसंहिता उलङ्घन

img

जितेन्द्र यादव
भारदह
फागुन २१ गते हुन गइरहेकाे प्रतिनिधि सभाकाे आसन्न निर्वाचनकाे आचारसंहिता उलङ्घन भएकाे छ । सप्तरीकाे निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रीय स्वतन्त्र पाटी, जनमत लगायत केही पार्टीले आचारसंहिता उलङ्घन गरेकाे निर्वाचन कार्यालयले जानकारी दिएकाे छ ।
पार्टी चुनाव चिन्ह र उम्मेदवारकाे नाम , तस्बिर रहेकाे ब्यानर, झण्डा लगायत प्रचार- प्रसारका सामग्रीहरू सडक, बाटाे तथा घर घरमा राखिएकाे पाइएकाेछ । यस्तै जिल्लाकाे हनुमाननगर कंकालिनी नपा वडा नं ३ पोर्ताहा स्थित कंकालिनी माविको अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सम्पर्क कार्यालयमा छ्यापछ्यापती पोस्टर ब्यानरहरू लगाइएको छ । याे त प्रचार प्रसार कार्यालयमा लगाइएकाे बाहेक, सार्वजनिक स्थल, चाैक, हाट बजारमा समेत लगाएकाे पाइएकाे छ । यसबारे निर्वाचन कार्यालयले समेत स्वीकार गरेकाे छ । निर्वाचन कार्यालयले केहिदिन अगाडि दल प्रतिनिधि, उम्मेदवार सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, नागरिक समाज लगायत प्रबुद्ध ब्यक्तीत्वहरूबीच बैठक राखि आचार संहिता बिपरित काम नगर्न / नगर्न आग्रह गर्दै उलङ्घन गर्नेलाई कानुन बमाेजिम कार्वाही गर्ने निर्णय गरेकाे थियाे ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी