सप्तरी, कञ्चनरूप
विभिन्न राजनीतिक दल परित्याग गरी दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्। बुधबार एमाले नगरकमिटीद्वारा आयोजित गाउँ भेलामा उनीहरू औपचारिक रूपमा पार्टीमा समाहित भएका हुन्।
मोहम्मद इस्माइल सेखको अगुवाइमा अनवारूल सेख, मसरुख सेख, हकिम सेख, एजुन सेख, रमजान सेख, कैजुम ड्राइभर, इजराइल सेख, इसुव सेख, रुकसना खातुन, रुपेश खातुन, बैदुन खातुन, नखो खातुन, सहिद सेख, अर्जुन सेख, वारिक सेख, अशोक सेख, फिरोज सेख, रवि सेख, रूपेश सेख लगायत दुई दर्जन बढी एमालेमा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरूले आफूहरू पुरानै घर फर्किएको उल्लेख गर्दै केही कारणवश अन्य दलमा लागेको भए पनि त्यो ठूलो भूल भएको स्वीकारे। अब पुनः एमालेमै रहेर सक्रिय रूपमा काम गर्ने र भविष्यमा अन्यत्र नजाने प्रतिबद्धता जनाए।
कार्यक्रममा बोल्दै सप्तरी–१ का प्रतिनिधिसभा उम्मेदवार तथा एमालेका पूर्व पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल ले २०७४ र २०७९ को निर्वाचनमा गठबन्धनका कारण पार्टीले उम्मेदवार उठाउन नसक्दा कार्यकर्तामा विचलन आएको बताए। अब सूर्यध्वजामुनि एकजुट भई निर्वाचन जित्ने वातावरण बनेको उनको भनाइ थियो। यस्तै जनताकाे काममा अहाेरात्र खट्ने, सबैकाे मन मष्तिष्कमा बस्न सफल, भेदभाव रहित इमानदार, कर्मठ, याेग्य ब्यक्ति उम्मेदवार भएकालेपनि याे क्षेत्रमा जीतकाे पक्का भएकाे सहभागिहरूले बताए ।
प्याकुरेलले नवप्रवेशीहरूलाई अबिर लगाएर स्वागत गरेका थिए।