• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

गलामा फाँसी लगाएर आत्महत्या

img

न्यूज1नेपाल संवाददाता
‎कञ्चनरूप
‎सप्तरीकाे कञ्चनरूप १२ स्थित चर्खीया टाेलकि १६ बर्षिया एक युवतीले आत्महत्या गरेकी छन् । आफ्नै घरकाे काेठाभित्र गलामा फाँसी लगाएर माे.अमजतकी छाेरी अमिरा खातुनले आइतबार दिउसाे २ बजे आत्महत्या गरेको प्रहरीले बताए ।
‎इलाका प्रहरी कार्यालय कंचनपुरकाे अनुसार काेठाकाे ढाेका भित्रबाट बन्द अवस्थामा रहेकाेले घरका परिवारजनले ढाेका फाेडेर हेर्दा उनी पंखामा लटकिएकाे थियाे । झापाकाे धुलाबारी स्थित मामाघरमा कक्षा १० मा अध्ययन गर्दै आएकी खातुन आजै ११ बजे घर आएकी हुन। एकहप्ताकाे बिदा मान्न घर आएको ३ घण्टामा उनकाे चाेला उठ्याे । यो जघन्य घटना के कसरी भयाे भन्नेबारेमा बुझ्न नसकेकाे मृतकका आफन्तको भनाइ छ । उनकाे शव पाेष्टमारटमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगिएकाे छ । घटनाकाे अनुसंधान भइरहेकाे प्रहरीले जनाएका छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी