• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार हिन्दी समाचार

कञ्चनरूपमा बृहत् मोटरसाइकल र्याली, शक्ति प्रदर्शन

img

न्यूज1नेपाल संवाददाता

‎कञ्चनरूप, सप्तरी

‎नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सोमबार सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा बृहत् मोटरसाइकल र्याली निकाल्दै शक्ति प्रदर्शन गरेको छ। सप्तकोशी नगरपालिका अन्तर्गत फत्तेपुर बजारबाट सयौँ मोटरसाइकल र चारपाङ्ग्रे सवारीसाधनसहित सुरु भएको र्यालीले क्षेत्रका पाँच वटै पालिकाको परिक्रमा गरेको एमालेले जनाएको छ।

‎युवासंघका केन्द्रीय सचिवालय सदस्य मनिष श्रेष्ठका अनुसार करिब दुई हजार मोटरसाइकल तथा अन्य सवारीसाधन सहभागी र्यालीले “नेकपा( एमाले)जिन्दावाद”, “यो जित जनताको” लगायतका नारा लगाउँदै कञ्चनपुर, महुली, चाँदनी चोक, तिरहुत क्षेत्रका विभिन्न गाउँ, भारदह, हनुमानगर र इनरवासम्म परिक्रमा गरेको थियो।

‎र्यालीका क्रममा विभिन्न स्थानमा सूर्य चिन्हका उम्मेदवार सुमनराज प्याकुरेलले जनतासँग मत माग्दै आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए। उनले आफू निर्वाचित भए क्षेत्रको विकास, रोजगारी सिर्जना र जनजीविकामा सुधार ल्याउने गरी काम गर्ने बताए।

‎एमालेका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको उक्त र्यालीलाई आगामी निर्वाचन केन्द्रित शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। पार्टीका स्थानीय नेताहरूले जनताको उत्साहजनक सहभागिताले एमालेप्रति जनविश्वास थप मजबुत भएको दाबी गरेका छन्।

‎र्याली शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी