• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

हनुमाननगर कंकालिनी नपाको निर्वाचन शान्तिपूर्ण

img

भूपदेव माली
२१ फागुन, सप्तरी। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको १४ वटै वडाहरूमा वडा नम्बर १० इनर्वामा साधारण विवाद बाहेक प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ। नगरमा ५५% को हाराहारीमा मतदान मतदान भएको मतदान केन्द्रका अधिकृतहरूले जनाएको छ। केही मतदान केन्द्रमाहरूमा ४६ प्रतिशत मतदान मात्र भएपनि केही मतदान केन्द्रहरूमा ५५ प्रतिशतभन्दा माथिसम्म गएकोले कुल मिलाएर ५५ प्रतिशत मतदान भएको जनाइएको छ।
नगरको वडा नं ४ मदवापुरमा जम्मा तीनवटा मतदान केन्द्र रहेको मध्ये मावि मदवापुरको मतदान केन्द्रमा ०४:०० सम्ममा जम्मा १५७६ मतदातामध्ये ७१३ मात्र मतदान भएको थियो भने वडा कार्यालय स्थित मतदान केन्द्रमा जम्मा मतदाता १०८२ मतदातामध्ये ६६० मतदान भएको छ भने बीपी आधारभूत विद्यालय स्थितको मतदान केन्द्रमा जम्मा १३२८ मतदातामध्ये ९०४ मतदान भएको जनाइएको छ।यस्तै वडा नम्बर ३ को राप्रा बी गीत खरा स्थित मतदान केन्द्रमा ९ ८६ मतदातामध्ये ७२५ मतदान भएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी