• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

‎सप्तरीमा मतदान गर्नेमा महिलाकाे संख्या बढी, अप्रिय घटना घटेन

img

सुमन राई
‎कञ्चनरूप

‎बिहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सप्तरीमा महिलाको बढी मतदान भएको छ। सप्तरीकाे चारवटै निर्वाचन क्षेत्रमा खसेकाे मतमा पुरूषभन्दा महिलाकाे २१ हजार बढी मतदान भएकाे निर्वाचन आयोगले सार्वजनिक गरेकाे तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार १ लाख १२ हजार ४ सय २५ जना पुरूषले मतदान गरेका छन् भने १ लाख ३३ हजार १सय ५९ जना महिलाले मतदान गरेका छन् ।
‎कुल ४ लाख ४६ हजार ४ सय दुइ मतदाता रहेकाेमा २ लाख ४५ हजार ५ सय८७ जनाले मताधिकार प्रयोग गरेकाे आयोगले जनाएकाे छ । याे औसत ५५.३३ प्रतिशत मतदान भएकाे आकडा हो ।
‎निर्वाचन क्षेत्र १ मा ५५.५७ प्रतिशत मत खसेकाे छ । यहाँ कुल १ लाख १९ हजार ४३ मतदाता रहेकामा ६५ हजार ६सय ५२ जनाले मतदान गरेका छन्। यस्तै निर्वाचन क्षेत्र २ मा ५७.२२ प्रतिशत मतदान भएको छ। यहाँ अन्य क्षेत्रकाे तुलनामा बढी मत खसेकाे हाे । १ लाख ५ हजार ९ सय २२ मतदातामध्ये ६० हजार ९ सय ३८ जनाले मतदान गरेका छन् । क्षेत्र नम्बर ३ मा भने सबैभन्दा कम ५३.१४ प्रतिशत मतदान भएको छ। यस क्षेत्रमा रहेका १ लाख ११ हजार ८ सय ७१ मतदातामध्ये ५८ हजार ७ सय ३१ जनाले मतदान गरेका छन्।
‎क्षेत्र नम्बर ४ मा भने ५५.५५ प्रतिशत मतदान भएका छन् । याे क्षेत्रमा रहेका १ लाख ९ हजार ५ सय ६६ मतदातामध्ये ६० हजार २ सय ६६ जनाले मत खसालेकाे निर्वाचन आयोगले जनाएको छ ।

‎जिल्लाका ८२ मतदान स्थल अन्तर्गत १ सय ५२ वटा केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सुरक्षा व्यवस्था कडा पारिएकाले कतैबाट पनि अप्रिय घटना नघटेको जनाइएको छ।
‎जिल्लाभरका मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उत्साहजनक उपस्थिति देखिएको थियो। विशेषगरी महिला तथा युवाहरूको सहभागिता उल्लेख्य रहेको स्थानीय प्रशासनले जनाएको छ। निर्वाचन सम्पन्न भएसँगै मतपेटिका संकलन गरी सुरक्षित रूपमा सम्बन्धित स्थानमा राखिएको छ। निर्वाचन परिणामका लागि अब मतगणनाको तयारी भइरहेको जनाइएको छ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी