भूपदेव माली
फागुन २३, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कंकालिनी भगवती मन्दिर परिसरमा एक बृद्ध व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुने कोइलाडी बर्साइन वडा नम्बर ४ का शोभितलाल मुखिया रहेको पहिचान भएको छ।अन्दाजी ६५ देखि ७० वर्ष उमेरका ती व्यक्ति कंकालिनी मन्दिर वरपर बिरामी अवस्थामा विगत दुई दिनदेखि घुमफिर गर्दै गरेको र श्याम सुन्दर मण्डल को पान पसल पछाडि बस्दै गरेको कंकालिनी भगवती मन्दिर विकास समितिका सदस्य विनोद रजकले बताए ।
मृतकको हुलिया गोरो वर्ण र हरियो हुडी लगाएका छन्।
मृतकको घरपरिवारलाई सूचना दिइसकेको र यस घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहका प्रसनी दिलिप खड्काले जानकारी दिए।