भूपदेव माली
२४ फागुन, सप्तरी ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पराजित गर्दै चौधरीले विजयी भएका हुन् ।
आइतबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार रास्वपा उम्मेदवार चौधरीले ३२ हजार ८ सय ७५ मत प्राप्त गरि विजयी भएका छन् । भनै उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष यादवले १५ हजार २ सय ३९ मत पाएका छन् ।
यादवलाई १७ हजार ६ सय ३६ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी नेपाली काँग्रेसका उम्मेदवार दिनेश कुमार यादवले ८ हजार ४ सय २८ र नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७ सय १५ मत ल्याएका छन् ।
यस अघि सप्तरी क्षेत्र नं १ मा रास्वपाका पुष्पा कुमारी चौधरी भारी मतान्तरले जित हासिल गरेकी छन् भने क्षेत्र नं ४ मा सिताराम साह विजयी भइसकेका छन् । यस्तै क्षेत्र नं २ मा समेत रास्वपाका उम्मेदवार रामजी यादवले अग्रता कायम राखेका छन् ।