• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा आगलागी

img

न्युज 1नेपाल सम्वाददाता
२५ फागुन, सप्तरी ।
सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार आगलागी भएको छ । विहान अन्दाजी १०:४५ बजे समयमा अस्पतालको ओपीडी भवनमा आगलागी भई सो आगो १ घण्टापछि नियन्त्रणमा आएको हो ।
आगो मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराज, कञ्चनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले विहान ११:४५ बजे नियन्त्रणमा लिएको थियो ।
आगोका कारण ओपिडी कक्ष, कर्मचारी कक्ष, आँखा उपचार शाखा लगायतका ओपिडी भवनका विभिन्न कक्षमा क्षति पुगेको छ । आगोले महत्त्वपूर्ण कागतपत्र, उपकरणसहित फर्निचरहरु जलेर नष्ट भएपनि क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।
आगो के कारणले लागेको हो तथा त्यसबाट के कति क्षति भयो भन्ने बारे विवरण संकलन कार्य भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी