• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

एमालेका प्रभावशाली नेता कृष्ण थापाको असमायिक निधन

img

न्युज 1नेपाल सम्वाददाता
फागुन २८, काठमाडौं। नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इञ्चार्ज कृष्ण थापाको असामयिक निधन भएको छ ।
बिहीबार पार्टीको समिक्षा बैठक लगत्तै उनलाई हृदयघात भएर मृत्यु भएको हो।

कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक सकिए लगत्तै थापालाई अचानक हृदयघात भएको थियो । उनलाई तत्काल उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका कास्की जिल्ला कमिटीको सचिव दर्शन लामाले बताए ।

थापा नेकपा एमालेका एक प्रभावशाली नेता थिए । उनी २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित समेत भएका थिए । २०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी