• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

घुस लिँदै गर्दा विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर रंगेहात पक्राउ

img

कञ्चनरूप

‎नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर सप्तरी वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दास घुस लिदै गर्दा पक्राउ परेका छन् । उनी जिल्लाकाे हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित कोशी साइड रिसोर्ट होटलमा सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साेमबार घुस रकमसहित रंगेहात पक्राउ गरेका हुन्।

प्राप्त जानकारीअनुसार दासले स्थानीय सेवाग्राही कृष्ण मुरारी यादवसँग इलेक्ट्रिक भेहिकल (EV) चार्जिङ स्टेशन सञ्चालनका लागि आवश्यक विद्युत् क्षमतामा वृद्धि गरिदिने नाममा अवैध रकम माग गरेका थिए। हाल ९० केभी क्षमतामा सञ्चालन भइरहेको विद्युत् लाइनलाई बढाएर १६० केभी पुर्‍याइदिने शर्तमा दासले रु. १ लाख ४० हजार घुस लिँदै गरेको थियाे । साे अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी–सुनसरीबाट प्रहरी निरीक्षक खगेन्द्र ऐकतेनको नेतृत्वमा खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरी नियन्त्रणमा लिएकाे जनाइएकाे छ ।

‎ईलाका प्रहरी कार्यालय भारदहका प्रहरी सहायक निरीक्षक नागेश्वर थान्दारको नेतृत्वमा रहेको प्रहरीकाे संयुक्त टोलीले होटल परिसरमै विशेष अपरेशन गरी उनलाई नियन्त्रणमा लिएकाे थियाे ।

‎घटनास्थलबाट घुस रकमसमेत बरामद गरिएको छ। पक्राउपछि आवश्यक प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीतर्फ लगिएको छ।

‎यस घटनाले सार्वजनिक सेवा प्रवाहमा हुने अनियमितता तथा भ्रष्टाचारको गम्भीर पक्ष उजागर गरेको छ। सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउनुपर्ने जिम्मेवारीमा रहेका कर्मचारी नै घुस लिने कार्यमा संलग्न हुनु चिन्ताजनक भएको स्थानीयवासीले बताएका छन् । अख्तियार कार्यालयले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी