• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मेयर यादवविरुद्ध पक्राउ पुर्जी, सम्पर्कविहीन

img

‎सुनिता मगराती
‎लहान- कार्यालय सहयोगीलाई कुटपिट गरेको आरोपमा सिरहा नगरपालिकाका मेयर नविनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पुर्जी जारी भएपछि उनी मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भएका छन्।
‎गत सोमबार बिहान ९ बजे नगरपालिकामा नियमित हाजिरी चलिरहेका बेला कार्यालय सहयोगी ५० बर्षिय रामशरण यादवमाथि मेयर यादवले गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ। कार्यालयभित्रै भएको उक्त घटनाले कर्मचारी सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने जनप्रतिनिधिबाटै यस्तो व्यवहार हुनु स्थानीय शासनको मर्यादामाथि प्रहार भएको भन्दै आलोचना बढेको छ।
‎कुटपिटबाट घाइते भएका रामशरण यादवको हाल विराटनगरमा उपचार भइरहेको छ। घटनापछि पीडितले दिएको उजुरीका आधारमा प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गर्दै बिहीबार मेयर यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
‎जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार पक्राउ पुर्जी जारी भएपछि मेयर यादवको खोजी तीव्र पारिएको छ। प्रारम्भमा मोबाइल अन राखेका यादव बिहीबार साँझदेखि पूर्ण रूपमा सम्पर्कविहीन भएका छन्।
‎प्रहरी स्रोतका अनुसार उनी विभिन्न स्थान परिवर्तन गर्दै लुकेर बसेको आशंका गरिएको छ। सिरहा सीमावर्ती जिल्ला भएकाले उनी भारततर्फ भागेको हुनसक्ने अनुमान पनि गरिएको छ।
‎उक्त घटनामा संलग्न रहेको आरोपमा नगरपालिकाका कर्मचारी रोहित मेस्तरलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी