• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 

img

भूपदेव माली

चैत्र २८, सप्तरी।

भारदहमा आगलागी हुँदा तीनवटा घरहरू जलेर नष्ट भएको छ।

लगभग ७:३० बजे भएको समयमा आगलागी हुँदा क्रमशः एकबाट अर्को अर्कोबाट अर्को गरी तीनवटा घरहरू जलेर नष्ट भएको हो।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ दक्षिण टोल भारदह बस्ने धर्मदेव दास तत्माको घरमा आगलागी हुँदा लाखौंको सम्पत्ति जलेर नष्ट भएको छ। दुईवटा ठुलठुला फुसका घर र एउटा टानाको छाना भएको घर एवं घरमा रहेको दाल ,चामल, लुगा फाटाहरु सहित डढेर खरानी भएको छ।

आगो के कारणबाट कसरी लागेको यकिन नभए पनि ग्यास सिलिन्डर पड्किएको आवाज स्थानीयहरूले सुने। बेलामै हनुमाननगर कंकालिनी नगरपालिकाको दमकल सेवा आइसकेपछि स्थानीय तथा प्रहरीहरु समेतको सहयोगमा आगोलाई नियन्त्रण गरिएका थिए।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी