सुमन राई
कञ्चनरूप
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सप्तरीले बिहिवार नव निर्वाचित कार्यसमितिलाई शपथ तथा पदस्थापन गरेका छन् । जिल्लाकाे अग्नीसाइर कृष्णासवरन गाउपालिका २ स्थित ग्रीन गार्डेनकाे सभाहलमा आयोजित कार्यक्रमबीच पदस्थापनसंगै प्रमाण- पत्र प्रदान गरिएकाे हाे ।
चैत्र १४ गते समपन्न पाँचाै जिल्ला अधिवेशनबाट सर्व सम्मत निर्वाचित अध्यक्ष श्यामसुन्दर सिंह दनुवारलाई निर्वाचन समितिका संयाेजक बृजमान तामाङले शपथग्रहण गराएका थिए । लगत्तै अध्यक्ष दनुवारले निर्वाचित कार्यसमितिका उपाध्यक्ष लगायतका पदाधिकारी एवम सदस्यहरूलाई शपथग्रहण गराए ।
नेपाल आदिवासी जनजाती महासंघका संघीय उपाध्यक्ष रामकुमार सिंह दनुवारले समितिलाई प्रमाण- पत्र हस्तान्तरण गराउदै अब हामीले धेरैबाेल्ने भन्दा धेरै काममा जुटन सुझाव दिए । उनले भने जिम्मेवारी र कर्तव्यबाेधलाई सधैं एकसाथ पालना गर्नसके मात्र साेचेकाे लक्षमा पुग्न सकिन्छ र पक्कैपनि संगठनलाई प्रगतिमुलक बनाउन सकिन्छ ।
साे कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सह सचिव डम्बर राई, परिषदका सल्लाहकार तथा नेपाल पत्रकार महासंघका सदस्य बृजमान तामाङ, निवर्तमान अध्यक्ष अरूण प्रधान, परिषदका पूर्व अध्यक्षहरू, विभिन्न जाति संगठनका अध्यक्षहरू लगायत ब्यक्तित्वहरूले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
२०दिन पहिला निर्वाचित भएका जिल्ला कार्यसमितिमा हाल ९ जना रहेपनि परिषदकाे बैठकले रिक्त पदहरूमा थप गरि १५ देखि १७ जना पुर्याउने जनाइएकाे छ । निर्वाचन समितिकाे अनुसार उक्त समितिमा अध्यक्षमा श्यासुन्दर सिंह दनुवार, उपाध्यक्षमा भद्र कुमारी लामा, सचिवमा पूर्ण मगर, सहसचिव(म) रविना तामाङ, काेषाध्यक्ष कल्पना राई र सदस्यहरूमा मीरा श्रेष्ठ, रविमाया मगर, अम्बिका कुमारी सिंह दनुवार, हरीकाजी राई छन् । बरिष्ठ उपाध्यक्ष र खुल्ला सहसचिवकाे काेटामा भने थारू कल्याणकारी सभाका प्रतिनिधिलाई मनाेनित गरिने जनाइएकाे छ ।