• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

वैदेशिक रोजगारीका क्रममा हुने ठगी न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम

img

सुमन राई

‎कञ्चनरूप। खकञ्चनरूप नगरपालिकाले वैदेशिक रोजगारीका क्रममा हुने ठगी न्यूनीकरण गर्ने उद्देश्यले ‘सुरक्षित गाउँ–टोल, नगर अभियान’ अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
‎आइतबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा युवा तथा महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वैदेशिक रोजगारीका नाममा हुने ठगीका कारण, त्यसबाट उत्पन्न हुने समस्या तथा सुरक्षित रूपमा श्रम स्वीकृति लिएर विदेश जान अपनाउनुपर्ने कानुनी प्रक्रियाबारे जानकारी गराइएको थियो।

कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका जिल्ला संयोजक राजेन्द्र यादवले वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिले आवश्यक कानुनी प्रक्रिया, श्रम स्वीकृति, वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त म्यानपावर कम्पनी तथा गन्तव्य मुलुकबारे पर्याप्त जानकारी लिएर मात्र विदेश जानुपर्नेमा जोड दिए।
‎सहजीकरण गर्दै उनले पछिल्लो १० वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको बताए। उनका अनुसार नेपालबाट दैनिक दुई हजार पाँच सयभन्दा बढी व्यक्ति विभिन्न मुलुकमा रोजगारीका लागि जाने गरेका छन् भने वार्षिक करिब सात लाखभन्दा बढी श्रमशक्ति विदेशिने गरेको तथ्यांक छ।

संयोजक यादवले मलेसिया, साउदी अरेबिया, कुवेत, बहराइन, दक्षिण कोरिया, माल्टा, कतार, संयुक्त अरब इमिरेट्स (दुबई), माल्दिभ्स, साइप्रसलगायतका देशमा श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या हालसम्म करिब ९० लाख पुगेको तथ्यांक रहेको जानकारी दिए।
‎कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा हुने ठगी, गैरकानुनी दलालको प्रलोभनबाट बच्ने उपाय, सुरक्षित आप्रवासनका प्रक्रिया तथा सरकारी निकायबाट उपलब्ध सेवाबारे समेत सहभागीलाई जानकारी गराइएको थियो। नगरपालिकाले यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।

तथ्याङ्क अनुसार कञ्चनरूप नगरपालिकामा मात्र २३ जनाबढी ठगी परेकाे र ५२ लाख रूपैया असुली गरेकाे छ । उप नगरप्रमुख मुना पाेखरेलकाे प्रमुख आथित्य र प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरकाे अध्यक्षता रहेकाे साे कार्यक्रममा सामी कार्यक्रम सुरेश मण्डल, ईन्द्र राई, रामसुन्दर यादव, राधा नेपाल, प्रकाश पाेखरेल,राजेश चाैधरीले सहयाेक पुर्याएका थिए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी