• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

जादु गरेर रकम दोब्बर बनाइदिने भन्दै हनुमानीले दर्जनौँ व्यक्तिबाट करोडौँ ठगी गरेको आरोप ‎पटक–पटक पक्राउ पर्दा पनि रोकिएन ठगी धन्धा

img

कञ्चनरूप । जादु गरेर रकम दोब्बर बनाइदिने प्रलोभन देखाउँदै सप्तरीका हनुमानी भनिने रामबहादुर रजकले दर्जनौँ व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको तथ्य सार्वजनिक भएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा घर भएका रजकले सप्तरीसहित अन्य जिल्लामा समेत ठगीको कारोबार सञ्चालन गरी सर्वसाधारणबाट रकम असुल्दै आएको पीडितहरूले आरोप लगाएका छन्।
‎
‎शुक्रबार पत्रकार सम्मेलन गरी पीडितहरूले रजकले विभिन्न व्यक्तिलाई रकम दोब्बर बनाइदिने प्रलोभन देखाएर ठूलो रकम ठगी गरेको बताएका हुन्।

‎
‎पीडितहरूका अनुसार जिल्लाको सुरुङ्गा नगरपालिका–४ कदमाहका सन्तोषकुमार चौधरी (कलवार) बाट ५० लाख रुपैयाँ, खडक नगरपालिका–३ कञ्चिराका धर्मेन्द्र चौधरीबाट ६५ लाख रुपैयाँ, सिरहाको धनगढीमाई नगरपालिका–२ परमानन्दपुर पासवान टोलका नागेश्वरकुमार पासवानबाट ५० लाख रुपैयाँ ठगी भएको छ।
‎
‎त्यसैगरी सुनसरीको कोशी गाउँपालिका–१ का महेश यादवबाट ३५ लाख रुपैयाँ र उदयपुरको त्रियुगा नगरपालिका–११ का मञ्जिल कार्कीबाट २५ लाख रुपैयाँ ठगी गरिएको पीडितहरूले बताएका छन्।
‎
‎रकम दोब्बर बनाइदिने भन्दै ५० लाख रुपैयाँको दुई करोड रुपैयाँ दिने आश्वासन दिएपछि आफू ठगीमा परेको सन्तोषकुमार चौधरीले बताए। तुलसी माझीमार्फत र सिधै हनुमानीलाई रकम बुझाएको जानकारी दिँदै उनले पटक–पटक गरी ठूलो रकम दिएको बताए।
‎
‎चौधरीका अनुसार २०८१ सालदेखि नै आफूहरू ठगीमा पर्दै आएका छन्। रकम लेनदेन भएको बैंक स्टेटमेन्ट, भ्वाइस रेकर्ड तथा अडियो रेकर्डलगायतका प्रमाण हुँदाहुँदै पनि प्रहरीले मुद्दा दर्ता गर्न नमानेको उनको गुनासो छ।
‎जपछिल्लो पटक पक्राउ परेकाहरूविरुद्ध मुद्दा दर्ता गराउन पटक–पटक जिल्ला प्रहरी कार्यालय सप्तरी धायौँ। पक्राउअघि पाँच–छ पटकसम्म पुग्दा पनि सुनुवाइ भएन,’ चौधरीले भने, ‘त्यसपछि पनि मुद्दा दर्ता गराउन जाँदा तिहार खर्चका नाममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक अनिल साह र प्रमोद साहले ५० हजार रुपैयाँ मागेको आरोप छ।
‎प्रहरीले मागेको रकम नदिएकै कारण आफूहरूको समस्याप्रति सुनुवाइ नभएको चौधरीको दाबी छ। धरौटीमा छुटेर अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पनि रजकले थप ६–७ जनालाई ठगी गरेको उनले आरोप लगाए
‎
‎रजकमाथि कारबाहीको माग गर्दै गृह मन्त्रालय र कानुन मन्त्रालयसम्म पुगे पनि जिल्ला प्रहरी कार्यालयमै सम्पर्क गर्न भनिएको चौधरीले बताए। तर, जिल्ला प्रहरी कार्यालयले ठगी भएको रकम फिर्ता गराउने तथा संलग्न व्यक्तिमाथि कारबाही गर्ने विषयमा चासो नदेखाएको उनको आरोप छ।
‎पैसा माग्न जाँदा धाकधम्कीबाहेक केही पाएका छैनौँ। ठगी गिरोहका गुन्जेश सिंहले प्रहरी र वकिल सबै आफ्नो हातमा रहेको भन्दै धम्की दिने गरेका छन्,’ चौधरीले भने।
‎
‎त्यस्तै, खडक नगरपालिका–३ कञ्चिराका धर्मेन्द्र चौधरीले पनि रकम दोब्बर बनाइदिने प्रलोभनमा आफू ठगीमा परेको बताए। सुरुमा पाँच लाख रुपैयाँदेखि रकम दिन थालेको र पटक–पटक गरी ६५ लाख रुपैयाँ बुझाएको उनको भनाइ छ।
‎सिरहाको धनगढीमाई नगरपालिका–२ पासवान टोलका नागेश्वर पासवानले पनि आफू ५० लाख रुपैयाँ ठगीमा परेको बताए। उनका अनुसार डाक्नेश्वरी नगरपालिका–७ मझौराका रामकुमार रायले रकम दोब्बर हुने भन्दै आफूलाई रजकलाई पैसा दिन लगाएका थिए।
‎ससुराली मझौरा भएका कारण रामकुमार रायसँग चिनजान बढेपछि ५० लाख रुपैयाँको दुई करोड दिने प्रलोभनमा आफू परेको पासवानले बताए। रकम फिर्ता माग्न रायको घर जाँदा कुटपिट गर्न खोजिएको र कानुनी प्रक्रियामा जाने बताएपछि पैसा उठाएर दिने भन्दै मुद्दा नहाल्न दबाब दिएको उनको आरोप छ।
‎
‎२० वर्षदेखि ठगी धन्दा सञ्चालन गरेको आरोप
‎
‎पीडितहरूका अनुसार हनुमानी भनिने रजकले करिब २० वर्षदेखि रकम दोब्बर बनाइदिने भन्दै ठगीको धन्दा सञ्चालन गर्दै आएका छन्। उनको ठगीबाट पीडित भएका सयौँ व्यक्ति वर्षौंदेखि न्यायका लागि विभिन्न निकाय धाइरहेको उनीहरूको दाबी छ।
‎पटक–पटक पक्राउ परेर प्रहरी हिरासत र कारागारसमेत पुगेका रजक पुनः त्यही धन्दामा सक्रिय रहेको पछिल्लो घटनाले देखाएको पीडितहरूको भनाइ छ।
‎
‎पीडितहरूले दिएको विवरणअनुसार रजक पहिलो पटक २०५७ सालमा पक्राउ परेका थिए। त्यसबेला चार वर्ष जेल सजाय भोगेका उनी कारागारबाट छुटेपछि पुनः ठगी कारोबारमा सक्रिय भएको आरोप छ।
‎त्यसपछि १४ जनाले दिएको उजुरीका आधारमा २०८१ पुस २१ गते उनी दोस्रो पटक पक्राउ परेका थिए। धरौटी बुझाउन नसकेपछि कारागार पुगेका रजक ११ लाख रुपैयाँ धरौटी बुझाएर छुटेको पीडितहरूले बताए।
‎
‎हाल तेस्रो पटक प्रहरी नियन्त्रणमा रहेका रजकले २५ लाख रुपैयाँ धरौटी राखेर छुट्ने प्रयास गरिरहेको पीडितहरूको दाबी छ।
‎
‎बन्धक बनाइएका व्यक्ति प्रहरीद्वारा उद्धार
‎
‎यसैबीच, रकम दोब्बर बनाइदिने प्रलोभन देखाएर उदयपुरका एक व्यक्तिलाई सप्तरीमा बोलाई बन्धक बनाएको घटनामा प्रहरीले रजकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
‎प्रहरीले ५२ वर्षीय हनुमानी र सोही ठाउँका गुन्जेश कुमार सिंहलाई नियन्त्रणमा लिइएको हो।
‎
‎प्रहरीका अनुसार उनीहरूले उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी दुर्गा पराजुलीलाई पटक–पटक फोन गरी रकम दिए जादुका माध्यमबाट दोब्बर बनाइदिने प्रलोभन देखाएका थिए। सोही प्रलोभनमा परी पराजुली एक लाख रुपैयाँ लिएर राजविराज बजार आएका थिए।
‎राजविराजमा गुन्जेश सिंहसँग भेट भएपछि उनले पराजुलीलाई रजकको घरमा बोलाएका थिए। त्यसपछि सम्पर्कविहीन बनाई घरमै बन्धक बनाएर राखिएको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो।
‎
‎सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक अनिलकुमार साहको कमाण्डमा खटिएको टोलीले कात्तिक १७ गते साँझ करिब ५ बजे रजकको घरमा छापा मारेको थियो।
‎ राखिएको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो।
‎
‎सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक अनिलकुमार साहको कमाण्डमा खटिएको टोलीले कात्तिक १७ गते साँझ करिब ५ बजे रजकको घरमा छापा मारेको थियो।
‎

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी