• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

हामीले एकतालाई सफल पार्ने बाहेक अरु बाटो छैन : ओली

img

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता प्रक्रियालाई सफल बनाइ छाड्ने उद्घाष गरेका छन् । ‘अब हामीले कसैलाई दोष लगाउने र कसैको टाउकोमाथि जिम्मेजारी फालेर उम्किने ठाउँछैन । हामीले एकतालाई सफल पार्ने बाहेक अरु बाटो छैन’ आइतबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एमाले–माओवादीको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने ।

एकता प्रक्रिया निकै अघि बढिसकेको भन्दै ओलीले ठट्यौली शैलीमा भने, ‘ अस्ती मैले एकता संयोजन समितिको बैठकमा पनि भनेको थिएँ । हामी यो ठाउँमा पुगिसकेका छौं, अब जुत्ता मिलेन भनेर त्यत्तिकै हिँड्न मिल्दैन । मिलेन भने खुटमा टाँसजुस पारेर भने पनि जानुपर्छ । हामी त्यो ठाउँमा पुगिसक्यौं ।’

 

उनले एकताअघि दुबै पार्टीमा केहि समस्याहरु हुने भएपनि एकतापछि सबै कुरा सामान्य बन्दै जाने बताए । उनले भने ‘बिहे गर्नुभन्दा अघि त एउटै घर हुँदैन । दुलाहाको अन्तै र दुलहीको अर्के घर हुन्छ । त्यसकारण यो घर यसको र उसको भन्ने हुन्छ । जब बिहेपछि एक भइन्छ सबैको माया लाग्न थाल्छ । यो एकता पनि त्यस्तै त्यस्तै हो ।’

उनले एकताअघिका सातातिना कुरालाई गम्भीरताका साथ लिन नहुने समेत बताए । उनले एकता हुँदैन भन्ने कसैलाई लागेको छ भने त्यो बेकार भएको हुने टिप्पणी गरे ।

ओलीले सम्मान, समानता र न्यायसंगत एकता हुने भन्दै त्यसैलाई प्रमुख आधार बनाएर पार्टी एकता गरिने दावी पनि गरे । एमाले र माओवादीवीच एकता रोक्नपर्ने कुनै विषय बाँकी नरहेको बताए ।

विगतमा एमाले माओवादीले गरेका गल्ती सम्झेर बस्न नमिल्ने भन्दै अव पछि फर्कने बेला नभएको बताए । ‘अव कसरी अघि बढ्ने भन्ने मात्रै हो, अव नयाँ ढंगले अघि बढ्छ म खुशी छु । अव पनि समबृद्धिमा देश नलाने हो भने कसले लान्छ हामीले आगोमात्रै तापेको छैन आइस पनि चाखेका छौ, जेलनेल, युद्ध, शान्तिका सवै अनुभवलाई लिएर राष्ट्र निर्माणको संकल्पमा छौ ।’
प्रधानमन्त्री ओलीले सरकार सञ्चालन, छिमेकी देशको सम्बन्ध र प्रतिपक्षी दलका नेताले दिएको अभिव्यक्तिको पनि चर्चा गरेका थिए ।

निषेधको राजनीति नभई शान्तिपुर्ण ढंगले प्रतिश्पर्धातमक बहुदलीय प्रणालीबाट अघि बढ्नु अहिलेको आवाश्यक्ता भन्दै प्रधानमन्त्री ओलीले त्यसतर्फ सरकार लागि रहेको बताए । अधिनायकबाद सुरु भयो भनेर काँग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले आपत्ति जनाए ।

राष्ट्रिय हितको संरक्षण गर्ने सन्दर्भमा सरकार सजग रहेको भन्दै प्रधानमन्त्री ओलीले पारस्पारिक सम्बन्धका आधारमा अघि बढ्ने बताए । ‘दुइवटै छिमेकीसँग मिलेर लाभ लिन र विकास गर्न सक्छौ’ ओलीले भने ।

ओलीले बोलेका थप विषयका बुँदा
–आज पार्टी स्थापना दिवस अर्थात नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको दिन ।
–नेपालको कम्युनिष्ट आन्दोलन आज देखिने विन्दुमा पुगेको छ । राष्ट्र निर्माणका संकल्प पुरा गर्दै अघि बढ्न तयार भएको छ ।
–कम्युनिष्ट आन्दोलन सफलतामा पुगेकोमा सहभागी सवै बधाइका पात्र हो । पुष्पलाल लगायतका नेताहरुप्रति सम्मान र श्रद्धासुमन व्यक्त गर्न चाहान्छु ।
–यसबीचमा बहकावमा नलाग्ने तर, परिस्थितलाई लच्काएर ठिक बाटोमा लाने, नेतृत्व गर्ने, समयका चालहरुसँग अग्रभागमा हिड्न सक्ने, समयको गति लिन र बाटो देखाउन सक्ने मदन भण्डारीजस्ता नेतालाई विशेष स्मरण गर्न चाहान्छु ।
–दुनियाँमा कम्युनिष्ट आन्दोलन ध्वस्त भयो तर नेपालमा कम्युनिष्ट सरकार बनाउने पहिलो प्रधानमन्त्री मनमोहन अधिकारीलाई पनि स्मरण गर्न चाहान्छु ।
–कतिपय विषयको सम्बोधन गर्ने जिम्मेवारी पनि मेरो हो भन्न चाहान्छु ।
–लेनिनको नेतृत्वमा असाधारण परिवर्तन ल्याउने एउटा साधारण क्रान्ति होइन, रुसको अक्टोबर क्रान्तिको कुरा मात्रै होइन ।
–लेनिनकै सिद्धान्तका आधारमा आज विश्व राजनीतिमै ठुलो परिवर्तन आयो । यस्ता चिन्तकको जन्मदिनका दिन म श्रद्धाभाव व्यक्त गर्न चाहन्छु ।
पुष्पलालले अघि सारेका विचार सहि थिए तर, पुष्पलालका विरुद्ध धेरै लागे ।
२००६ सालदेखि ०४६ सालसम्म नेपालका कम्युनिष्टहरुले खासै परिवर्तन गर्न नसकेपनि त्यसपछि जनवादी आन्दोलनगदै समाजवाद उन्मुख आन्दोलन भए ।
–माओवादीले जनयुद्ध गर्यो । हामीले शान्तिपुर्ण आन्दोलन गर्दै गयौं र माओवादी शान्तिपुर्ण राजनीतिमा आयो । यसक्रममा प्रतिश्पर्धा पनि भए ।
–प्रचण्डजीले पनि अघि भन्नुभो । यदि एमाले र माओवादीले बल नगरेको भए संविधान बन्न सम्भव थिएन ।
–मिडियालाई धन्यवाद दिन चाहान्छु, संविधान बनाउने लोकतन्त्रको बहाली गराउने विषयमा नेपालको सञ्चारजगतले राम्रो भुमिका खेले ।
–अव हामी फुटेको लाभ प्रतिकृयावादीले लिने अवस्था लिनु हुदैन भनेर हामी जुट्ने प्रयासमा लाग्यौं, कसरी जुट्ने भन्नेमा प्रचण्डजीले अघि नै राखिसक्नुभयो ।
–आज पनि कार्यक्रमको सुरुमा अलिकति दाँतमा ढुङगा लाग्यो तर त्यस्तैमा अल्झिनु हुैदैन
–हामी थाक्दैनौं, डराउदैनौं । नेपालमा पनि पेरिस कम्युन व्यवस्थित ढंगले अघि बढ्छ ।

मार्क्सवाद र लेलिनवादको विरोध गर्नु गुलाबको फूल नदेख्नेले मन पर्दैन भनेजस्तोः ओली

एमाले– माओवादीको संयुक्त कार्यक्रममा प्रचण्ड स् पार्टी एकता गर्ने अन्तिम तयारीमा छौं

ब्यानर विवाद हल भयो

मार्क्सवाद र लेलिनवादको विरोध गर्नु गुलाबको फूल नदेख्नेले मन पर्दैन भनेजस्तोः ओली
मार्क्सवाद र लेलिनवादको विरोध गर्नु गुलाबको फूल नदेख्नेले मन पर्दैन भनेजस्तोः ओली
रातोपाटी अनलाइन वाट सम्भार

img

Share: