• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

संघीयतालाई धरापमा पार्ने खेल : फोरमका अध्यक्ष यादवले

img

विराटनगर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले केन्द्र सरकारले काठमाण्डौं केन्द्रिकृत शासन प्रणाली लादेर संघीयतालाई धरापमा पार्ने खेल भइरहेको बताएका छन् ।

संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार गठन भएपनि संघीयतको मूल मर्मअनुसार अधिकार नदिएका कारण संघीयता घरापमा परेको उनको भनाइ छ ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, ‘संघीयताले सिंहदरवारको अधिकार गाउँ-गाउँमा पुर्‍याउने हो, सिंहदरवारको अधिकार बालुवाटार सार्ने होइन ।’

प्रदेश सरकारलाई दिइएको अधिकार, स्रोत साधन र पहिलो जिल्ला पञ्चायतलाई दिइएको स्रोत साधन उस्तै रहेको टिप्पणी गरे पनि गरे ।

अर्को एक प्रसंगमा अध्यक्ष यादवले भारतीय प्रधानमन्त्री नेपाल भम्रणका क्रममा दुई नम्वर प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले राखेको अभिव्यक्ति देशभक्ति भएको जिकिर गरे । उनले आफ्नो प्रदेशमा भएको राजनीतिक विभेद, असमानता वस्तुस्थितिबारे भारतीय प्रधानमन्त्रीलाई जानकारी गराउनु स्वभाविक भएको उनको भनाइ थियो ।

img

Share: