• img
  • img
img img img
Categories
अन्तरवार्ता प्रदेश समाचार

कूटनीति भनेको रुग्न शरीरमा कस्मेटिक दल्नु होइन : वरिष्ठ मन्त्री साह, प्रदेश २

img

मोदी भ्रमणका बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिलाई लिएर निकै टीकाटिप्पणी भएका छन् । अझ मुख्यमन्त्रीको राजीनामा माग्नेहरू पनि छन् । यस विषयलाई लिएर हामीले प्रदेशका वरिष्ठ मन्त्री शैलेन्द्रप्रसाद साहसँग फोनवार्ता गरेका थियौं । प्रस्तुत छ उहाँसँगको संक्षिप्त कुराकानी ।

मोदी भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई लिएर मुख्यमन्त्रीको राजीनामा मागिँदैछ । अझ संघीय सरकारले त्यसप्रति गम्भीर र कडा आपत्ति जनाएको छ । के गर्छन् मुख्यमन्त्रीले ?
पहिलो कुरा, मुख्यमन्त्रीले राजीनामा दिने सवाल नै छैन र यो विषय उठानको औचित्य छैन । बरू मुख्यमन्त्रीको अभिव्यक्तिको अन्तर्य बुझ्ने प्रयत्न गर्नु देशको हितमा हुनेछ । मुख्यमन्त्रीको अभिव्यक्ति उत्पीडन, उपेक्षा र बहिष्करणविरुद्धको लडाइमा एउटा अत्यन्त महत्वपूर्ण र ऐतिहासिक राष्ट्रिय आवाज हो । यस अभिव्यक्तिलाई विवादास्पद वा अनुचित मान्नेहरू तिनै व्यक्ति हुन् जसले सदैव नेपालमा एउटा खास समुदायको परम्परागत निरंकुश शासनको पक्षपोषण गरेका छन् । नेपालको एउटा राजनीतिक यथार्थ छ कि यहाँका जनता सदैव दुई कित्तामा विभाजित भएका छन् र गरिएका छन् । शासक, शोषक तथा सामन्त र उनीहरूले तयार गर्ने भ्रमबाट नियन्त्रित एउटा जनमत छ जसले सीमान्तीकरणमा परेका जनताको संघर्षलाई ‘राष्ट्रविरोधी’ भन्ठान्छन् । र, नक्कली राष्ट्रवादको हैंगओभरबाट कहिल्यै उब्रिन नचाहने वा त्यसबाट पर हट्न नदिइने त्यो जमात मधेशी, जनजाति र आदिवासीले अधिकार पाए अनर्थ हुने सोच्छ । यस आधारमा दृष्टिकोण तथा धारणा बनाउने यो एकलकाँटे प्रवृत्तिले नै उनीहरूमा मुख्यमन्त्रीको अभिव्यक्ति दोषपूर्ण रहेको भान भएको छ । अहिलेको संघीय सरकार मूलभूत रूपमा यो पहिलो जनमतको प्रतिनिधित्व गर्ने परम्परागत शक्ति हो । विद्रोह र रूपान्तरणका कुरा असलमा आफ्नो समुदायको हित प्रवद्र्धन गर्ने र थिचोमिचोमा पर्दैआएका समुदायमाथि परम्परागत हैकम कायम राख्ने एउटा अस्त्रमात्रै हो उनीहरूका लागि । त्यसैले संघीय सरकार र सरकारवादी मानसिकताको गर्भमा हुर्केकाहरूका लागि मुख्यमन्त्रीको अभिव्यक्ति अपच हुनु स्वाभाविकै हो । यसलाई म अन्यथा लिन्न ।
तर, देशमा सबै समुदायको उत्तिकै हकअधिकार, सम्मान र प्रतिष्ठा हुने वातावरण बनाउने एउटा अर्को जनमत छ । यो वास्तविक र उचित जनमत हो । जसले राज्य प्रायोजित विभेदविरुद्ध लामो संघर्ष गर्दैआएको छ । यो नेपाली भूगोललाई सम्प्रभू र स्वाभिमानी देश बनाउने भगीरथ प्रयत्न गर्दैछ । सत्य र निष्ठाको बाटोमा हिँड्नेहरूले छलकपट गर्दैनन् न त भ्रममा आधारित भाष्य नै तयार गर्छन् । हामीले सधैँभरि भनेका छौं कि यो संविधान विभेदकारी छ । यसमा पर्याप्त र अनिवार्य संशोधन हुनुपर्छ । सबैका लागि स्वीकारयोग्य बनाउनुपर्छ । यो विषयलाई अहिलेका सत्तारुढ दलहरूले पनि विगतमा स्वीकार गरेकै छन् । तर, केही समययता सत्तान्ध भएका ती दलहरूले विभेदको कुरालाई बिर्से र देशलाई बडो चातुर्यपूर्ण ढंगले अर्कै पोलिटिकल कोर्समा लान खोजे । मुख्यमन्त्रीको अभिव्यक्तिपछि डिरेल हुने खतरा बढ्दै गएको मधेस मुद्दा ठीक ठाउँमा आएको छ । यो एउटा ठूलो उपलब्धि हो ।

रुग्न कायामा कस्मेटिक प्रशाधन लिपपोत गरेर अनुहार उज्यालो बनाउने काम नौटंकीमा मात्र राम्रो हुन्छ तर वास्तविक जीवनमा यस्तो गर्नु भनेको आफैंलाई छल्नु हो । हामी, घरेलु राजनीतिक समस्यालाई बडो कुशल र विवेकी शल्यक्रियाबाट हटाउन चाहन्छौं । यसका लागि घरेलु र अन्तर्राष्ट्रिय विशेषज्ञ सबै चाहिन्छन् ।

तर, अरू नै देशका प्रधानमन्त्री आएका बेला यस्तो अभिव्यक्ति दिनु कूटनीतिक मर्यादाविपरीत हो नि त ?
घरेलु आतंक पसारिएपछि अनुभूत हुने पीडा र सन्तापलाई के तपाईं छिमेकीकहाँ पोख्नुहुन्न रु अन्तर्राष्ट्रिय राजनीतिक इतिहासमा यस्ता धेरैवटा घटना छन् जहाँ हाम्रै देशका अहिलेका शासक र विगतका शासक घरेलु समस्याविरुद्ध अन्तर्राष्ट्रिय क्षेत्र गुहारेका छन् । उनीहरूकै हुक्कापानी पिएर देशमा सशस्त्र आन्दोलनसमेत चलाएका छन् । तर, हामीले त बडो संयमता र धीरतापूर्वक आफूमाथिको दमन, उत्पीडन र शोषणका बारेमा अन्तर्राष्ट्रिय जगतको ध्यानाकृष्ट गराएका छौं । घरेलु शासकीय शक्ति हामीप्रति अनुदार र क्रुर भएका हरेक क्षणमा हामी अन्तर्राष्ट्रिय मानवतावादी शक्तिलाई वस्तुस्थितिका बारेमा अवगत गराएका छौं । भरतीय प्रधानमन्त्री सम्माननीय नरेन्द्र मोदीको मञ्चमा मधेशी जनताको पीडा मुख्यमन्त्रीको भाषणमा अभिव्यक्त भएको हो । कूटनीतिमा मूर्दा शान्ति र विप्लवअघिको स्थिरताको अपेक्षा हुनु हुँदैन । रुग्न कायामा कस्मेटिक प्रशाधन लिपपोत गरेर अनुहार उज्यालो बनाउने काम नौटंकीमा मात्र राम्रो हुन्छ तर वास्तविक जीवनमा यस्तो गर्नु भनेको आफैंलाई छल्नु हो । हामी, घरेलु राजनीतिक समस्यालाई बडो कुशल र विवेकी शल्यक्रियाबाट हटाउन चाहन्छौं । यसका लागि घरेलु र अन्तर्राष्ट्रिय विशेषज्ञ सबै चाहिन्छन् ।
तपाईंलाई एउटा कुरा थाहा छ । हामी सदैव भन्छौं कि नेपालका जनता विभेदको शिकार भइरहेका छन् । तर, यहाँका शासकले नेपाल र जनकपुरबीच फरक छुट्याउँछन् । नेपाली जनता र मधेसी जनता भनेझैं । सीमानाकामा हामीले धर्ना दियौं तर अहिलेका प्रधानमन्त्रीले अघिल्लो कार्यकालमा यसका लागि भारतलाई दोषारोपण गर्नुभयो । र, एउटा भ्रम फिजाइयो कि नेपाली जनताले समस्या झेले । आन्दोलन हाम्रो थियो, हामीले बलिदानी दिएका थियौं र हामीमाथि चरम राज्यदमन भएको थियो । मलाई कहिलेकाहीँ लाग्छ कि नेपालीको एउटा अत्यन्त साँघुरो परिभाषा बनाइयो यहाँ । शासकमात्र नेपाली हुने र उनका सगोत्रीमात्र नेपाली हुने । मधेसका जनता को हुन् त रु जबसम्म शासकले मधेसका जनता नेपाली भूगोलकै भूमिपुत्र हुन् भन्ने यथार्थलाई आत्मसात गदैन, तबसम्म सामान्य पोलिटकल रिपेयरिंगले मधेस समस्या समाधान हुँदैन । विगतमा सरकार चारबुँदे ननपेपर लिएर मधेस समस्याको समाधान खोज्न दिल्ली पुगेको थियो । हामी हाम्रो घरमै हाम्रा समस्याबारे छिमेकीसँग कुरा ग¥यौं । यो आत्मबल त हामीमा नै देखियो । यसमा हीनताबोध हैन, गौरवबोध गर्नुपर्छ ।
भनेपछि प्रदेश २ सरकारको पोलिटिकल लाइनअन्तर्गत नै मुख्यमन्त्रीको अभिव्यक्ति आएको हो ?
निसन्देह यो प्रदेश सरकारको राजनीतिक लाइन हो । सरकार भनेको लोकसेवाबाट आएको हुँदैन, जनताबाट अनुमोदित भएर आएको हुन्छ । जनआकांक्षाको सम्मान गर्नु उसको कर्तव्य हो । मधेसी जनताले आफ्ना राजनीतिक समस्याको दीर्घकालीन समाधानका लागि हामीलाई मत दिएका हुन् । मुख्यमन्त्रीले आफ्ना जनताको मतप्रति सम्मान व्यक्त गर्नुभएको हो । जनमतको उच्च कदर गर्नुभएको हो । हामीले पाएको मतको यो उत्तरदायित्पूर्ण प्रत्युत्तरको एउटा पाटो हो ।
मोदीको जनकपुरको भ्रमण कस्तो रह्यो 
अत्यन्त उपलिब्धमूलक । यो स्तरको राजनीतिक नेतृत्वको भ्रमण सफलतापूर्वक सम्पन्न भएकोमा हामी अत्यन्तै खुसी छौं । यसको सकारात्मक र सार्थक प्रभाव आगामी दिनमा अवश्य नै देखिनेछन् । प्रदेश २ र खासगरी जनकपुरले विश्वचर्चा पाएको छ । गणतन्त्र, संघीयताको वैश्विक अनुमोदन भएको छ ।

संम्भार संचारकनेपाल डटकम वाट

img

Share: