• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सहिदहरु प्रति श्रद्धान्जली दिने कार्यक्रमको घोषना

img

भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदहमा मधेश आन्दोलन दोस्रोका बीर सहिदहरु प्रति श्रद्धान्जलीका निम्ति युथ क्लव भारदह द्वारा बिभिन्न कार्यक्रमको घोषना गरिएको छ ।

मधेश आन्दोलनमा सहिदभएका राजिव राउत लगायत अन्य सहिदहरु प्रति श्रद्धा सुमन अर्षण गर्नका लागी युवा तथा खेल प्रेमीहरु लाई शारिरिक खेलकुद तथा बिभिन्न किसिमका प्रयोगिताहरु आयोजना गरेका छन ।

खेलकुद अन्र्तगत क्रिकेट टुनामेण्ट प्रतियोगिता, कवडी, सुमिङ्ग , दौड, भेलीवल आदी कार्यक्रम गर्ने पत्रकार सम्मेलन गरी जानकारी गराएका छन ।

सहिदहरु प्रति श्रद्धान्जली अर्पण गर्नका लागी खुल्ला मंच निर्माण गरी भदौ १ गते दिउँसो १ बजे देखि फूल,फूलमाला तथा अविर लगाई बिर सहिदहरु लाई स–सम्मान श्रद्धान्जली दिने कार्यक्रम रहेका छन ।

साथै मधेश आन्दोलनमा सहिद भएको बीर मधेशी पुत्रलाई आन्दोलनको क्रममा बिभिन्न किसिमका लोभ प्रलोभन देखाई आन्दोलनमा अग्रसर गराउने तर हक अधिकार कुरा गर्दा राजनैतिक भेदभाव तथा दाउपेचमा सहिदभएका वीर मधेशी पुत्रहरु लाई राजैनितिक चलखेलमा पारि सम्मान वाट समेत बञ्चित गर्ने भएकाले युथ कल्ब भारदह द्वारा आयोजना गरी स–सम्मान श्रद्धान्जली दिने कल्बका अध्यक्ष शंकर खडगाले बताएका छन ।

img

Share: