रोशन झा, सप्तरी।
७ पौष २०७५ शनिबार।
सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं १२ कुशहामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
नित्या माझी मेडिको राजबिराज को आयोजनामा कुशहाको सुमित मेडिकेयर सेन्टरमा संचालन गरिएको उक्त शिविरमा पूर्व विर अस्पताल काठमाडौंका वरिष्ठ चिकित्सक डा. रंजन सिंह, गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कार्यरत प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. कल्पना साह, दन्त चिकित्सक डा. मो. अख्तर अली, बाल रोग तथा नवजात शिशु रोग विशेषज्ञ डा. संजय आजाद, जेनेरल फिजिसियन डा. सुनिल कुमार साह, वैध रम्भा राउत र नर्स प्रमिला साह (महिला सम्बन्धि) लगायतका प्रख्यात चिकित्सकहरुले दुई सय (२००) भन्दा बढी विरामीको निशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार गरेका छन्।
ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने अभियान अन्तर्गत संचालन गरिएको उक्त शिविरमा “ब्लु क्रस ल्याब” धरान ले विपन्न वर्ग तथा असहाय व्यक्तिहरू लाई निशुल्क औषधी वितरण गरेको थियो । उक्त स्वास्थ्य शिविरमा रगत, दिसा-पिसाब तथा अन्य जाँचमा १०% छुट को समेत व्यवस्था गरिएको थियो।