• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार स्वास्थ्य

तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर: विज्ञको भनाई

img

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा अन्यौलमा रहेका छन ।अर्कोतिर जनस्वास्थ्यविद्ले आफै सचेत रहन आग्रह गरिरेका छन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज दोस्रो हप्ता सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ । तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर हुने विज्ञले बताएका छन् । निषेधाज्ञा खुकुलो र चाडपर्व सुरु भएसँगै आउजाउ बढेको र जनस्वास्थ्य सुरक्षा मापदण्ड लागू नगर्दा तेस्रो लहरको जोखिम बढेको बताइएको हो ।

अहिले जनस्वाथ्यका मापदण्ड लागू नगर्दा गत साउनदेखि उकालो लागेको कोरोना भाइरस सङ्क्रमण दर अहिले पनि जारी छ । गत साउन १ गते दुई हजार ९३६ मा कोरोना भाइरस सङ्क्रमण देखिएकामा गत साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ जना सङ्क्रमित पुगेका छन् । यस्तै हिजो ९शुक्रबार० दुई हजार ६५, भदौ १० गते दुई हजार ४३३, भदौ ९ गते दुई हजार ४८२, भदौ ८ गते दुई हजार ५२५ सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको बताए । “सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गरे भने तेस्रो लहर आउने सम्भावना कम हुन्छ”, उनले भने, “तेस्रो लहर नेपालमा भित्र्याउने कि नभित्र्याउने, कस्तो भेरियन्ट ल्याउने भन्ने जनताको हातमा छ ।” भीडभाडमा हिँड्ने, जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने हो भने नेपालमा पनि तेस्रो लहर नआउने भन्न नसकिने उनको भनाइ छ । उनले सरकारले मात्र सङ्क्रमण नियन्त्रण गर्न नसकिने भन्दै सर्वसाधारणले पालना गरेको मापदण्डका आधारमा सङ्क्रमण नियन्त्रण गर्न सकिने जानकारी दिए ।

गत वर्ष निधेषाज्ञा खुला भएसँगै सर्वसाधारणले जनस्वास्थ्यमा मापदण्ड लागू नगरेकाले गत चैतमा दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण फैलिएको थियो । दोस्रो लहरमा मुलुकमा धेरै नै मानवीय क्षति भएको थियो । नेपालमा अहिले कोभिड–१९ को डेल्टा भाइरस रहेका छन् ।

img

Share: