• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपाल टेलिकमद्वारा विद्यार्थीलाई विद्यालय झोला वितरण

img

सुमन राई

‎कञ्चनरूप । नेपाल टेलिकमले सप्तरीको कञ्चनरूप नगरपालिका–१२ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, बस्तीपुरका विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रमबीच विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्रछात्रालाई झोला वितरण गरिएको हो।

‎

‎नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विद्यालयलाई सहयोग गर्ने उद्देश्यले ४८ थान झोला उपलब्ध गराएको कम्पनीका कर्मचारी मणि पोखरेलले जानकारी दिनुभयो। नेपाल टेलिकमको राजविराज र कञ्चनपुर शाखाका कर्मचारीहरू विद्यालयमै पुगेर विद्यार्थीलाई झोला हस्तान्तरण गरेका थिए।

‎

‎झोला वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारीहरूले नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै शैक्षिक क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका थिए।

‎

‎यस अवसरमा विद्यालयका प्रधानाध्यापक दिनेश कुमार यादवले विद्यार्थीको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको सहयोगले उनीहरूलाई प्रोत्साहन मिल्ने बताउनुभयो। उहाँले विद्यालयको हित र शैक्षिक विकासलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि नेपाल टेलिकमबाट यस्तै सहयोग निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गर्दै कम्पनीप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

‎नेपाल टेलिकमको यस सहयोगले विद्यार्थीलाई पठनपाठनमा थप उत्साहित बनाउनुका साथै सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी