• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

बदगामाका अग्नि पीडित महिलाहरूलाई उपमेयरद्वारा राहत वितरण 

img

जितेन्द्र यादव

असोज ८, कंचनरुप। बदगामाका अग्नि पीडितहरूलाई कञ्चनरूप नगरपालिकाका उपमेयर मुना पोखरेलद्वारा राहत वितरण गरिएको छ।

गत २८ गतेका रात्री भएको आगलागिबाट १० घरधुरी का परिवारहरूले घरभित्रका कुनै पनि सरसामानहरू जोगाउन नसक्दा महिलाहरूको पीडालाई अनुभूति गर्दै उनीहरूकालागि साडी आदि र केटाकेटीका लागि खाने कुरो उपमेयर पोखरेलले आफ्नो व्यक्तिगत तर्फबाट अग्नि पीडित महिलाहरूलाई वितरण गरिएको हो।

उक्त समानहरू कञ्चनरूप वडा नम्बर १० पासमानटोल बदगम्माका १५ जना अग्नि पीडित खिकरी पासमान, रिना पासमान, सुनिता पासमान, मन्जु पासमान, द्रौपदी पासमान लगायत महिलाहरूलाई वितरण गरिएका छन्।

सामानहरू वितरण गर्ने क्रममा उपमेयर पोखरेलले ‘यो समानहरू मेरो व्यक्तिगत तर्फबाट मात्र हो। सोमबार नगरपालिकाको कार्यालय खुलिसकेपछि हामी निर्णय गरेर तपाईहरुलाई आवश्यक क्षतिपूर्ति दिइनेछौँ’ प्रतिबद्धता व्यक्त गरे।

सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १० बदगामा पासमान टोलमा भदौ २८ गते आगलागि हुँदा १५ वटा घरहरु डहेर नष्ट भएको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी