• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

एमाले संविधानको सर्वोच्चता र विधिको शासनप्रति प्रतिबद्ध पार्टी हो : नेताहरू

img

सुमन राई

‎कञ्चनरूप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने पार्टी भएको नेताहरूले बताएका छन्। शनिबार सप्तरीको कञ्चनरूप नगरपालिका–६ स्थित थारू संग्रहालय, जमुवामा आयोजित बृहत् कार्यकर्ता भेलामा उनीहरूले पार्टीको नीति, सिद्धान्त र राजनीतिक उद्देश्यबारे प्रशिक्षण दिँदै यस्तो बताएका हुन्।

‎कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज ताराकान्त चौधरीले प्रमुख अतिथीकाे आसनबाट एमाले बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जनप्रतिनिधिमार्फत शासन सञ्चालन, स्वतन्त्र न्यायपालिका र मानवअधिकारको प्रत्याभूतिलगायत लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यताप्रति प्रतिबद्ध पार्टी भएको बताउनु भयाे।

‎उहाँले नेपाली समाजमा दिगो शान्ति कायम गर्दै सामाजिक तथा आर्थिक क्षेत्रमा प्रगतिशील रूपान्तरणका लागि पार्टीले शान्तिपूर्ण बाटो र लोकतान्त्रिक विधि अवलम्बन गर्दै आएको उल्लेख गर्नुभयाे। बहुदलीय लोकतान्त्रिक प्रणालीभित्र रहेर समाजवादउन्मुख विकास, राष्ट्रिय स्वाधीनता, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई पार्टीले आफ्नो राजनीतिक उद्देश्यका रूपमा अघि बढाएको बताउँदै उहाँले स्थानीय तहका पार्टी नेतृत्व, जिम्मेवार पदाधिकारी तथा कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयाे।

‎त्यसैगरी, केन्द्रीय सदस्यद्वय राजकुमार लेखी र सरिता गिरी यादवले पार्टीको नीति, नेतृत्वबीचको सुधारात्मक पद्धति तथा संगठनभित्र देखिएका कमी–कमजोरीबारे धारणा राख्दै समीक्षा प्रस्तुत गर्नुभयाे।

‎पूर्व पोलिटब्युरो सदस्य तथा केन्द्रीय सल्लाहकार सुमनराज प्याकुरेलले एमालेले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, स्थानीय सरकारको सुदृढीकरण तथा राष्ट्रिय हितका विषयलाई प्राथमिकतामा राखेर देश र जनताका पक्षमा महत्वपूर्ण काम गर्दै आएको बताउनु भयाे।

‎नेपालको राजनीतिक परिवर्तनका विभिन्न चरणमा पार्टीले सरकारको नेतृत्व र प्रतिपक्ष दुवैको भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले जनताको वर्गीय तथा सामाजिक मुक्ति, नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा तथा लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा एमालेले अग्रणी भूमिका खेलेको दाबी गर्नुभयाे।

‎कार्यक्रममा केन्द्रीय सल्लाहकार दिवाकर देवकोटा, प्रदेश सदस्यहरू वसन्तकुमार मिश्र, असरादेवी चौधरी, डिकबहादुर विक, मनिष श्रेष्ठ, जिल्ला सचिव देवनाथ यादव, जिल्ला सदस्यहरू राजकुमार साह,मित्र नारायण श्रेष्ठ,पेशल जोशी, सबिता पौडेल तथा प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राईलगायतले मन्तव्य व्यक्त गरेका थिए। यस्तै नगर, वडा र जनबर्गीय संगठनका पदाधिकारीहरूले स्थानिय गतिबिधीबारे प्रष्ट्याएका थिए।

‎नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा स्थानीय निर्वाचन, पार्टी संगठन परिचालन, जिम्मेवारी तथा दायित्व र कार्यकर्ताको सक्रियताका विषयमा प्रशिक्षणात्मक छलफल गरिएको थियो। सहभागी नेताहरूले आगामी स्थानीय निर्वाचनमा कञ्चनरूप नगरपालिकामा एमाले पहिलो पार्टी बन्ने दाबीसमेत गरेका थिए।

‎भेलामा नगरपालिकाका १२ वटै वडाबाट पार्टीको वर्तमान अवस्था, कार्यप्रगति तथा संगठनात्मक गतिविधिबारे प्रतिवेदन संकलन गरिएको थियो। नगर सचिव केवल खत्रीले सञ्चालन गरेको कार्यक्रममा स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी