सप्तरी ३१ साउन । आज तराई मधेश को भु–भागमा कृष्ण जन्माष्टमी वडौ धुमधाम साथ मनाउदैं । आजै के दिन भगवान श्री बिष्णुको श्रीकृष्ण रुपमा जन्मभएकोले आज कृष्ण जन्माष्टमी भनिन्छ । श्रीकृष्ण आफनो आमा बुवा को रक्षा र संसारको कल्याणका लागी अनेको लिलाहरु रचेका कथाहरु हामी र हाम्रा पुर्वजहरु पढदै , सुन्दै आएका छौं । केवास्तवमै भगवान श्रीकृष्ण थिए वा त्यो कुनै चरित्रको रचना गरिएको थियो, यसमा अनेकन तर्क छन् । यद्यपी सबैले स्विकारेको के भने, श्रीकृष्ण एक यस्तो पात्र हुन् जो अनुसरणिय छन् । नीतिज्ञ, शक्तिमान, वौद्धिक, तार्किक क्षमताका भगवान श्रीकृष्णलाई उत्तिकै रसिक एवं रोमान्टिक पात्रको रुपमा पनि चित्रित गरिन्छ । समग्रमा उनी यस्तो आदर्श हुन्, जसममा जीवनको मुलभूत सार समेटिएको छ ।
भगवान श्रीकृष्णलाई प्रेरक पनि मानिन्छ । उनमा अरुलाई प्रेरित, प्रोत्साहित गर्न सक्ने अलौकिक क्षमता थियो । यदि वास्तवमै जीवनलाई सफल, सुखी र खुसी बनाउन चाहने हो भने, भगवान श्रीकृष्णको यी बिचार मननयोग्य हुनसक्छ ।
१.जब बिरोधीको पल्ला भारी हुन्छ, तब विजय प्राप्त गर्नका लागि कुटनीतिको बाटो अपनाउनुपर्छ ।
२.मित्रतामा कहिल्यै गरिब र धनीको भेद नहेरौ । बरु, इमान्दारी र सत्यताको आडमा मित्रता
निर्वाह गरौ ।
३. अनुशासित जीवन जिउनु, व्यर्थ चिन्ता नगर्नु र भविष्यको साटो बर्तमान ध्यान केन्द्रित गर्न
सिकौ ।
४. समस्यामा वा असफलतामा हिम्मत हार्न हुन्न, समस्यालाई जुधेर सामना गरौ ।
५. मानिस दुरदर्शी हुनका साथसाथै हरेक परिस्थितीको आंकलन गर्ने क्षमता हुनुपर्छ ।
६. कसैको बिचारको बन्धनमा बाँधिनु हुन्न, बरु तपाई स्वंम बिचार ९सिद्धान्त० विकसित गर्नुहोस् ।
७. कुनैपनि काम वा प्रतियोगिता अघि त्यसको रणनीति बनाउनु आवश्यक हुन्छ ।
८.गुरुबाट भन्दा आफ्नो अनुभवबाट बढी ज्ञान आर्जन हुन्छ । गल्ती र असफलताले तपाईलाई धेरै
कुरा सिकाइरहेको हुन्छ ।
९. मित्रता त्यही दिगो र रसिलो हुन्छ, जो कठिन परिस्थितीमा पनि तपाईको साथ छाड्दैन ।
मित्रतामा सर्तको कुनै स्थान हुँदैन ।
१०. राम्रो काम गर्नुहोस् । अनावश्यक काममा आफ्नो समय नष्ट नगरौ । र, विना कारण
अरुसँग डराउनु आवश्यक छैन ।