• img
  • img
img img img
Categories
विजनेश समाचार

दशैंमा चल सम्पत्ती जोड्ने परिपाटी

img

१५ असोज, काठमाडौं । दशैंमा चल सम्पत्ती जोड्ने परिपाटी पनि बढेर गएको छ । गाडी व्यवसायीहरुले दशैंलाई लक्षित गर्दै भदौदेखि नै गाडी मेलाको आयोजना गर्नेदेखि दशैंमा छुटका अवसरहरु ल्याउने गर्छन् ।

व्यवसायी शेखर गोल्छाका अनुसार वर्षभरि हुने कुल सवारीको कारोबारमध्ये ३० प्रतिशत दशैंकै बेला हुने गर्छ । राष्ट्र बैंकका अनुसार भदौयता मात्रै भारतबाट नेपालमा २४ अर्ब रुपैयाँका सवारी आयात हुन्छन् ।

टीभी, मोबाइललगायत सामग्रीको खरिद पनि दशैंमा उच्च रहन्छ ।

फेरिएको आर्थिक अवस्थाका कारण पहिलेजस्तो ऋण काढेरै दशैं मनाउने अवस्थामा अन्त्य भएको अग्रवालको तर्क छ ।

‘नेपालमा गरिबीको रेखामुनि रहेका करिब १८ प्रतिशत जनसंख्यालाई दशैंले आर्थिक भार दिने गर्छ । यद्यपि, पछिल्लो समय समग्रमा नेपालीको जीवनस्तर वृद्धि भएकाले समाजलाई दशैंको आर्थिक भार कम बन्दै गएको छ,’ अग्रवाल भन्छन् ।

यद्यपि, दशैंमा कालोबजारी पनि मौलाएर जाने गरेको छ । त्यसका कारण यातायातमा सास्ती, दैनिक उपभोगका समानमा महँगीजस्ता कुरीति दशैंमा अझै मौलाउने गर्छ । यसले मूल्यवृद्धिलाई दबाब दिने गर्छ ।

नियन्त्रणका तमाम प्रयासका बावजुद अन्य महिनाको तुलनामा दशैंजस्ता चाडबाडमा मूल्यवृद्धि उच्च हुने सरकारी तथ्यांकले नै देखाउँछन् । राष्ट्र बैंकको पाँच वर्षको तथ्यांक हेर्ने हो भने असोजमा महँगी सातदेखि १० प्रतिशतको दरमा रहने गरेको छ ।

दशैंमा हुने आर्थिक गतिविधिको प्रभाव भने दुई पाटोबाट हेर्न सकिने नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा भन्छन् ।

‘दशैंमा बढ्ने उपभोगका गतिविधिले व्यापार घाटामा केही दबाब पर्छ नै,’ थापा भन्छन् ‘तर, नेपालको अर्थतन्त्रमा आयातको हिस्सा ६० र घरेलु उत्पादन ४० प्रतिशत मानेर हेर्दा यो चाडवाडमा हुने खर्चलाई नकारात्मक रुपमा मात्र हेर्नु सही हुँदैन ।’

दशैं तिहारजस्ता चाडपर्वले ग्रामीण उत्पादन र शहरको पूँजीबीच सेतुको काम गर्छन् । आयको वितरणमा पनि माध्यम बन्छन्, यस्ता अवसर । र, यो समय हुने रेमिट्यान्सको प्रवाहको कारण ग्रामीण अर्थतन्त्र उकासिने हुँदा यसका सकारात्मक प्रभाव पनि महत्वपूर्ण रहेको थापाको निश्कर्ष छ ।

img

Share: