• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

संस्कृति बन्दै घुमफिर, रेमिट्यान्स, तलबभत्ता र किनमेलमा

img

१५ असोज, काठमाडौं ।दशैं, तिहार अहिले चल सम्पत्ती जोड्नेदेखि घुमघाममा रमाउने पर्व बन्न थालेका छन् । घर र देशबाहिर रहेकाहरु चाड मनाउन फर्किने पुराना चलनलाई सपरिवार घुम्न निस्किने संस्कृतिले विस्थापित गर्न थालेको छ ।

लामो छुट्टि सदुपयोग गर्दै प्रतिव्यक्ति ६२ हजारदेखि सवा लाख रुपैयाँसम्म खर्च गरेर नेपालीहरु सिंगापुर, मलेसिया, बैंकक, थाइल्यान्डजस्ता गन्तव्यमा घुम्न निस्किन्छन् । भ्रमण संस्कृति १० वर्षे सशस्त्र द्वन्द्वका कारण सुरु भएको हो, जतिबेला मानिस गाउँघर पुग्न डराउँथे । त्यसयता पनि यसमा बढोत्तरी देखिएको छ ।

खासगरी हुनेखाने वर्गका लागि विदेश भ्रमण संस्कृतिको रस थप रसिलो बन्दै गएको छ ।

उनीहरुकै सिको मध्यम आयस्तर हुनेहरुले पनि गरेको देखिन्छ । विदेश जान नसक्नेहरु स्वदेशी गन्तव्यमै रमाउने गर्छन् । ट्राभल तथा टुर एजेन्सीहरुले यही मौकामा भ्रमणका विभिन्न स्किम ल्याउने गरेका छन् ।

रेमिट्यान्स, तलबभत्ता र किनमेल

दशैं, तिहारका यस्ता नयाँ आयामलाई वैदेशिक रोजगारी र त्यसबाट आउने रेमिट्यान्सले पनि सहयोग पुर्‍याएका छन् ।

रेमिट्यान्स, तलबलगायत शीर्षकमा यस समयमा १० देखि २० अर्ब रुपैयाँ बैंकिङ च्यानलबाट बाहिरिने गरेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल बताउँछन् ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार दशैंलगायत चाडपर्वमा सरकारी कर्मचारी (निजामति, सेना र प्रहरी) ले मात्र करिब ६ अर्ब ११ करोड रुपैयाँ पेश्की बुझ्छन् ।

सन् २०११ को राष्ट्रिय जीवनस्तर सर्वेक्षणले देशमा १० वर्षभन्दा माथिका ४८ प्रतिशत मानिस रोजगार रहेको देखाउँछ । प्रायजसो संस्थामा दशैंकै लागि भनेर अतिरिक्त तलब दिने चलन पनि छ ।

सरकारी कार्यालयहरुले भने अतिरिक्त तलबको पूरा एक महिनाको तलब भत्तास्वरुप दिने चलन छ । वैदेशिक रोजगारीमा जानेको संख्या पनि उच्च छ ।

जीवनस्तर सर्वेक्षणले देशका ५६ प्रतिशत घरघुरीले रेमिट्यान्स भित्र्याउने गरेको उल्लेख गरेको छ । राष्ट्र बैंकले नमुनाको रुपमा लिएको रेमिट्यान्स भित्र्याउने घरधुरीको सर्वेक्षणले पनि करिब १९ प्रतिशतको आम्दानी रेमिट्यान्स मात्र रहेको उल्लेख गरेको छ । रेमिट्यान्सका रुपमा भित्रिने रकममध्ये दैनिक उपभोगको लागि नै लगभग २४ प्रतिशत खर्च हुने गरेको राष्ट्र बैंकको सर्वेक्षणले देखाउँछ ।

देश बाहिरका नेपालीले दशैं तिहारकै लागि असोज र कात्तिकमा मात्रै एक खर्ब १७ अर्ब रुपैयाँ रेमिट्यान्स पठाउँछन् । यो दुई महिनामा भित्रिने रेमिट्यान्स वर्षभरिको १७ प्रतिशतबराबर हो । रेमिट्यान्स कम्पनीहरु पनि यसलाई अवसरकै रुपमा सदुपयोग गर्छन् । रेमिट्यान्स पठाउने वा उसका परिवारका लागि आकर्षक उपहार योजनाहरु ल्याउँछन् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी