• img
  • img
img img img
Categories
राष्ट्रीय विचार

तराईको राजनितिमा जातिवादको प्रभाव

img

भुपदेव माली, सप्तरी । दोश्रो चरणको निर्वाचन प्रयोजनका लागी प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरिसकेका छन । ७७ जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गर्न २१ गते मंसिरका लागी निर्वाचन मिति तय गरिएको छ । उम्मेदवारहरु जनताका घर–दैलोमा पुग्न थालेका छन । तर विगतमा सम्पन्न स्थानीय निर्वाचनमा बिभिन्न दलहरु द्वारा जातिवाद , नातावाद र परिवारवाद लाई दिएको प्रशय–प्रोत्साहनको चर्चा–परिचर्चा जनता बीच भईरहेको अवस्था छ ।जनताले अल्पसंख्यक तथा विपन्न वर्गका व्यक्तिलाई दलहरु अपेक्षा गरेको ठम्याई छ । यसरी नै प्रत्यक्ष तर्फ यस चुनावमा महिला उम्मेदवार न्यून भएको पनि चर्चा छ । यदि दलहरुले बहुसंख्यक जातिय उम्मेदवार लाई अर्थ लगानी गर्न सक्ने लाई नै समेटीएको र अन्यलाई कतिको समेटन सकेभने मुल्याङ्कन गरिरहेका छन जनताले,
देश लोकतन्त्रमा गएपनि राजनितिमा बहुलजातियतन्त्र विद्यमान नै छ । नया संविधानले समावेशीताको प्रत्याभूति गरेपनि राजनैतिक दलहरुले व्यवहारमा उतार्न सकेको देखिदैन । शान्तिको सुनिश्चीतता ,आधिकारको सुदृढता, नेपाली लोकतन्त्रको व्यापकता र भेदभावको न्यूनताका प्रत्याभूति दिन नसकेका बिभिन्न राजनैतिक दलका शिर्षक नेताहरु आफैमा पनि स्वच्छ , स्वतन्त्र र भयमुक्त हुन नसकेको प्रमाणीत भएको प्रष्ट देखिन्छ ।
माओवादी द्वारा उठाएका बिभिन्न जातजातिका अवधारणा र जातिय पहिचानका मुद्घाको प्रभावले मुलुकमा सैकडो जातीय संगठन, संस्थाहरु निर्माण भई त्रृmयाशिल भयो र आज मुलुक लोकतन्त्र तिर गएपनि अधिकांश जातीय संस्थाहरुका विगविगी कम भएको छैन । अझ त तराई मधेशमा दक्षिणतिर वाट प्रभावित जातिवाद राम्ररी जरो गाडिएको पाईन्छ ।
जाति व्यवस्थाको संस्थात्मक प्रकृतिलाई बुझदै त्यस बाट सम्बन्धित त्यो बिघटनकारी प्रकृतिलाई बुझनु आवश्यक छ । जसले जाति चेतनाको रुपमा आज एक जातिवादको रुप ग्रहण गरिसकेको छ । जव एक व्यवस्थाको रुपमा जातिले मधेशका सामाजिक जीवनको सवै पक्षहरुलाई प्रभावित गर्न आरम्भ गरियो तव सवै जाति समूहहरुमा यो चेतना उत्पन्न हुन गयो कि-उ एक पूथक समुदाय हो र प्रत्येक समस्या तथा अवस्थामा आफनो जातिको पक्ष लिएर एवं त्यसको विकास गर्नु मै व्यक्तिको विकासको अवसर प्राप्त हुन सक्छ । यसै आत्म- केन्द्रित मनोवृतिको फलस्वरुप हाम्रो समाजमा विस्तारै–विस्तारै जातिवादले एउटा विकराल रुपधारण गरियो ।

जातिवाद जाति चेतना Cost Consciousness मा आधारित एउटा उग्रभावना हो , जो कुनै कारण विना नै एउटा जातिको सदस्यले आफनौ जातिका पक्ष लिनका लागी प्रेरित गर्दछ । बरु त्यो अन्य समूह वा जातिका लागी अहित अथवा बाधा नै किन नहोस ।
जातिवाद लोकतान्त्रिक व्यवस्थाका लागी एउटा खतरा उत्पन्न मात्र नगरि समाजिक तनावहरु र संघर्षहरु लाई पनि प्रोत्साहण दिएको पाईन्छ ।यसले आफना हितका लागी ठूला अपराध पर्यन् तगर्न पछि पार्दैनन । जातिवादले हरेक क्षेत्रलाई प्रभावित गर्नका लागी निरन्तरता दिएको छ । राजनिति क्षेत्र समाजिक संजाल, कर्मचारीतन्त्र आदि क्षेत्रहरुमा पनि प्रभावको निक्कै महत्व राख्द छ । अझ त मधेश केन्द्रित राजैतिक दलहरुका शिर्षक नेताहरु पनि जातिवादले ग्रसित छन ।यी व्यक्तिलाई हार्दिकता साथ सिफारिस गरिन्छ । जव कि एक विपन्न तथा अल्पसंख्य समुदायका व्यक्तिलाई लोक सेवा वाहेक अन्य विकल्प हुदैन ।

पार्टीमा योग्यता, क्षमता, व्यागका साथै सम्बन्धित क्षेत्रमा लोकप्रिय व्यक्तिलाई उम्मेलवारी दिने प्रथाको हास भएको छ । दलप्रतिको लामो समर्पण विनाका व्यक्तिलाई दलहरुले सम्भावित विजेता मानेर टिकट दिने अवस्था प्रचुर देखिन्छ । वैचारिक राजनैतिक हिसावले न्यून भएपनि अर्थ लगाउनु सक्ने तथा जातियता मत बढी संकलन गर्न सक्ने व्यक्तिलाई उम्मेदवारी दिन लाउने परिपाटी प्राय ः सवै दलहरुमा रहेको अवस्था छ । अझ त कतिपय लोकतान्त्रिक भनाउँदा दलहरु नेतामुखि, अधिनायकवादी पारामा एकल निर्णय गर्ने गरिन्छन , हुन त यसप्रकारका लोकतन्तवादी दलहरुमा संगठनको स्वरुप जतिसुक्कै राम्रो भएपनि उम्मेदवारी दिने निर्णयमा लोकतान्त्रिक सिद्घान्तको खासै महत्व तथा औचित्य पाईदैन । केही नेताहरुको स्वार्थपूर्ण सल्लाह सहयोगले उम्मेदवारी दिने गरिएको छ ।

यसरी नै समानुपातिक उम्मेदवारी र मनोनित गर्दा दलहरुको अवधारणा संकिर्ण तथा कम्जोर भएको पाइन्छ । वास्तवमा सामानुपातिक उम्मेदवारी पाउने हक जसले पार्टी प्रति लामो समय सम्म, त्याग , वफादारी र सकृयता देखाएका तथा विपन्न अल्पसंख्यक तथा विपन्न समुदायको स्थानमा पार्टीभित्र केन्द्र सम्म पहुचभएका जोसुक्कैले पनि उम्मेदवारी लिन सफल भएको पाईन्छ । चाहे हपी व्यक्ति अन्य दलवाट हिजो आज नै प्रवेश गरेको किन नहोस वा बहुसंख्यक जातिवाट नै आएको किन नहोस । यसरी दलहरुका नेताहरु आफनो दलका सैद्घान्तिक मर्यादा लाई अपहरण गरी आफनै दलमा हेकमवादी प्रवृति अपनाएको देखिन्छ । दलहरुका शिर्षथ नेताहरुको विरुध कार्यकर्ताहरु उभिन सक्ने अवस्था छैन , विरुधमा उत्रियोभने दलवाटै निस्काशित गरिने कुरामा अतिशयोक्ति नहोला । दलहरुले बहुसंख्यक जातिहरुलाई हरेक क्षेत्रमा प्राथमिकता प्रोसाहन दिई जातिवादलाई प्रथा दिने परम्परालाई अन्त्ये गरिएन भने दलभित्र रहेका इमानदार, अल्पसंख्य तथा विपन्न कार्यकर्ताहरुको आ–आफना दलप्रतिको आस्था र विश्वास धाराशायी हुने प्रवल सम्भावना भएकोले दलभित्र रहेको अन्धजातिवाद वाट टनढा भई हरेक जाति, जनजाति, धर्म, संस्कृति, भाषाभाष्ीहरुका भावनालाई कदर गर्ने आवधारणा अवलम्बन गरी कार्यान्वयन तर्फ जानु पर्दछ । यही एक मात्र मार्गले लोकतन्त्रलाई व्यापक बनाउन सकिन्छ । यही मार्गले मात्र लोकतन्त्रलाई दिग्र्घकालिन बनाउँ छ ।

 

img

Share:
Tags