• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

काँग्रेस केन्द्रीय समितिको बैठक जारी

img

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।

काँग्रेसले प्रदेश संसदीय दलको विधान टुंगो लगाउन उक्त बैठक बोलाएको हो। विधान नहुँदा कांग्रेसले प्रदेश संसदीय दलको नेता छान्न सकेको छैन।

नयाँ संविधानअनुसार प्रदेशसभा निर्वाचन भएपछि कांग्रेसले केन्द्रीय सदस्य मीनेन्द्र रिजालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ। समितिले प्रदेश विधान मस्यौदा तयार गरेसँगै त्यसमाथि छलफलका लागि बैठक बोलाइएको हो।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी