• img
  • img
img img img
Categories
विजनेश समाचार

भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३६ अर्बले घट्यो, शहरी विकास मन्त्रालयको बजेट झण्डै दोब्बर

img

काठमाडौं । आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट करिब ३६ अर्बले घटेको छ ।

चालु आर्थिक वर्षमा मन्त्रालयले चालु आर्थिक वर्षमा १ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट पाएको थियो । यो कुल बजेटको १०.१५ प्रतिशत थियो ।

तर, आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ३१ अर्ब ३९ करोड मात्रै बजेट पाएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेश गरेको बजेटमा विभिन्न सडकमार्गहरुको निर्माण सुरु गर्ने, विस्तार गर्ने र नियमित कार्य जारी राख्ने उल्लेख छ ।

शहरी विकास मन्त्रालयको बजेट झण्डै दोब्बर

सरकारले शहरी विकास मन्त्रालयको बजेट वृद्धि गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरे ।

चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ।

यस मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको हो ।

img

Share: