• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

लालपूर्जा माग्दै अर्धनग्न जुलुस प्रदर्शन

img

सप्तरी । लालपूर्जा माग्दै आन्दोलनका विभिन्न कार्यक्रमअन्तरगत राजविराज नगरपालिकामा गरिएको तालाबन्दी मंगलबार प्रहरीले बल प्रयोग गरी तोडेको छ ।

दिउँसो ३ बजेतिर पुगेको प्रहरीको टोलीले नगरपालिका कार्यालय प्राङ्गणमै धर्नामा बसेका आन्दोलनकारीहरुलाई बल प्रयोग गरी हटाउँदै ताल्चा तोडेपछि तनाव उत्पन्न भएको हो ।

प्रहरीले बल प्रयोग गरी आक्रोसित नगरवासीले बजार बन्द गराई नगरपालिकाका कार्यवाहक मेयर तथा प्रहरी प्रशासनबिरुद्ध चर्को नाराबाजी गरेका छन् । अर्धनग्न जुलुस प्रदर्शन गर्दै उनीहरुले ठाउँ ठाउँमा टायर बाल्दा यतायात आवागमन समेत प्रभावित बन्न पुगेको छ ।

नगरवासीको तर्फबाट गठित जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासको नेतृत्वमा स्थानीय कृष्ण मन्दिर परिसरबाट निस्केको अर्धनग्न जुलुस नगर परिक्रमा गरेको थियो ।

img

Share:
Tags