• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

‎कञ्चनरूप नगरपालिकाको ७९ करोड ८७ लाखको बजेट बिनियाेजित

img

‎कञ्चनरूप नगरपालिकाको ७९ करोड ८७ लाखको बजेट बिनियाेजित

‎सुमन राई

‎कञ्चनरूप, ३ भदौ । सप्तरीको कञ्चनरूप नगरपालिकाले चालू आर्थिक वर्ष २०८३/०८४ का लागि ७९ करोड ८७ लाख ६६ हजार ४ सय ५९ रुपैयाँको अनुमानित बजेट बिनियाेजित गरेको छ। बुधबार सम्पन्न नगरपालिकाको १३औँ नगरसभाले उक्त बजेट बिनियाेजन गरेको हो।

‎नगरप्रमुख ललनप्रसाद गुप्ताले प्रस्तुत गरेको बजेटमा चालूतर्फ तलब, भत्ता, कार्यक्रम खर्च तथा सशर्त अनुदानसहित ५१ करोड ८४ लाख ६६ हजार ६ सय ५१ रुपैयाँ ६८ पैसा अर्थात् कुल बजेटको ६४.९० प्रतिशत विनियोजन गरिएको छ। त्यस्तै, पुँजीगततर्फ २८ करोड २ लाख १९ हजार ८ सय ७ रुपैयाँ ४७ पैसा अर्थात् ३५.१० प्रतिशत बजेट छुट्याइएको छ।

‎बजेटमा आन्तरिक आयतर्फ ३ करोड १३ लाख ३ हजार ७ सय १० रुपैयाँ तथा आन्तरिक स्रोत तथा मर्मतसम्भार कोषतर्फ ६२ लाख २९ हजार ८ सय रुपैयाँ अनुमान गरिएको छ। सञ्चित कोषतर्फ १० करोड १ लाख ८६ हजार ९ सय ५८ रुपैयाँ ४७ पैसा आय हुने अनुमान गरिएको छ।

‎संघीय सरकारको राजस्व बाँडफाँडबाट १३ करोड २ लाख ७ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ७६ लाख ४८ हजार ९ सय ९० तथा संघीय वित्तीय समानीकरण अनुदानबाट १४ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। संघीय सशर्त चालूतर्फ ३१ करोड १५ लाख रुपैयाँ राखिएको छ।

‎यस्तै, संघीय सशर्त पुँजीगत ७६ लाख, समपूरक पुँजीगत ५२ लाख र विशेष अनुदान पुँजीगततर्फ २ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ। प्रदेश वित्तीय समानीकरणबाट १ करोड ८९ लाख, विशेष अनुदान ३० लाख र समपूरक अनुदान २० लाख रुपैयाँ रहने जनाइएको छ।

‎नगरसभामा विनियोजन विधेयक, २०८३ सहित १५ वटा प्रस्तावमाथि छलफल गरी निर्णयसमेत प्रस्तुत गरिएको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी