• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

राजधानीको माग राख्दै पुनःधनकुटा बन्द

img

धनकुटा ।प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै धनकुटाबासीले आम हड्ताल सुरु गरेका छन्। धनकुटा बजार बिहानैदेखि बन्द छ भने कोशी राजमार्गमा सवारी साधन चलेका छैनन्। कोशी राजमार्गमा सवारी साधन नचल्दा कोशी पहाडका धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित बनेको छ।

बन्दकर्ताले राजमार्गमा टायर बालेर सवारी साधन चल्न दिएका छैनन्। यद्यपी एम्बुलेन्स, प्रेस, विद्यालयका र दुध,तरकारी बोकेको सवारी साधन भने चलिरहेका छन्। राजधानीको माग राख्दै धनकुटा बासी विगत २० दिनदेखि आन्दोलित छन्। पर्याप्त सरकारी भौतिक पूर्वाधार र जग्गा धनकुटामा रहेको साविकको पूर्वाञ्चल विकास क्षेत्रको समदरमुकाम समेत धनकुटामै रहेकाले धनकुटालाई राजधानी बनाउनुपर्ने उनीहरुको माग छ।

धनकुटा बासीले प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा समेत पटक पटक दबाबमूलक धर्ना दिइरहेका छन्। धनकुटा २४० वर्षअघि देखिको प्रशासनिक केन्द्र हो। वि.सं. १८४० देखि पूर्व क्षेत्रको प्रशासनिक केन्द्रको रुपमा स्थापित धनकुटा राणाकालीन समयमा वडाहाकिम कार्यालय हँुदै पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहिआएको अवस्था छ।

सामथ्र्यका आधारमा हेर्ने हो भने करिब ४८ हजार रोपनी सरकारी र ३ सय ९४ वटा सरकारी कार्यालयका भवनहरु छन्। अहिले पनि सुरक्षा, ऐतिहासिक पक्ष, भौतिक पूर्वाधार तथा प्रदेशको केन्द्र माग खोज्ने हो भने प्रस्तावित १४ जिल्लाको केन्द्र धनकुटानै उपयूक्त छ। धनकुटाको मुख्यबजार पूर्व पश्चिम राजमार्गको ईँटहरीबाट ७० किलोमिटर उत्तरमा पर्दछ।

तराईका तीनजिल्ला र उदयपूर जिल्लाको धनकुटा आउने मुख्य नाका पूर्व पश्चिम राजमार्ग हो भने बाँकी पहाडी, हिमाली र तराइका जिल्लाहरु समेटिने आधार तयार भइसकेका छन्। ताप्लेजुंग र पाँचथर जिल्ला तमोर करिडर, मध्यपहाडी लोकमार्गबाट जोडिएका छन् भने इलाम राँके, रवि, भेडेटार सडक संञ्जालबाट जोडिएको छ।

img

Share: