• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

अनिश्चितकालिन राजविराज बन्द

img

सप्तरी। विगत २० दिनदेखि लालपूर्जाको माग गर्दै आन्दोलनरत राजविराज नगरवासीले प्रहरी दमनविरुद्ध बुधबारदेखि अनिश्चितकालिन राजविराज बन्दको आह्वान गरेका छन् । जसकारण नगरका सम्पुर्ण पसल, प्रतिष्ठान बन्द भएको छ ।

विहानै देखि सडकमा उत्रेका प्रदर्शनकारीहरुले फाटफुट रुपमा खुलेका पसलहरु समेत बन्द गराएका छन् । लालपुर्जा माग्दै एकसाता अघि राजविराज नगरपालिका कार्यालयमा लगाएको ताला प्रहरीले मंगलबार दिउँसो बलपूवर्क तोेडेपछी आक्रोसित भएका नगरवासीले आन्दोलनलाई थप आक्रमक बनाएका छन् ।

उनीहरुले ठाउँठाउँमा टायर बालेर यातायात आवागमन समेत ठप्प पारेका छन् ।

नगरवासीको तर्फबाट गठित जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासको नेतृत्वमा बुधबारै विहान स्थानीय कृष्ण मन्दिर परिसरमा बसेको बैठकबाट आन्दोलन अझ सशक्त बनाउने निर्णय गरे लगतै आन्दोलनकारीहरु सडकमा उत्रेका छन् ।

img

Share: