• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

तीन तहकै सरकारी विज्ञापनमा लगाएको नाकाबन्दी फिर्ताको माग सार्दै धर्ना

img

सप्तरी। तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारी आर्थिक नाकबन्दी फिर्ताको माग गर्दै पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ आव्हानमा देशभरका जिल्ला प्रशासन कार्यालयमा बुधबार पत्रकारहरुले १ घण्टा धर्ना दिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन) नेतृत्वको सरकारको विभेदकारी नीति विरुद्ध नेपाल पत्रकार महासंघले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विहान ११ बजेदेखि मध्यान्ह १२ बजेसम्म धर्ना दिएको नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण कुमार देवले जानकारी दिए ।
 नेपाल पत्रकार महासंघको सरकार विरुद्ध देशव्यापी अभियान अन्तर्गत महासंघका सबैशाखाको अगुवाइमा एकसाथ धर्ना बसेको उनले बताए ।
यसअघि केन्द्रीय समितिको निर्देशनमा शाखाहरुद्वारा आयोजित हस्ताक्षर संकलनका कार्यक्रममा शाखा कार्यालयमा पुगेर पत्रकारहरुले  हस्ताक्षर गरेका छन् । बिहिवार १० बजे देखि शुरु हस्ताक्षर संकलन कार्यक्रममा जिल्लाका पत्रकारहरुले सहभागीता जनाएको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण कुमार देवले बताए ।
img

Share:
Tags