• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार सुचना प्रविधि

मोटरसाइकल तथा स्कुटर (बाइक)को पछाडि बस्ने यात्रुलाई पनि हेल्मेट अनिवार्य गर्नेबारे आचलोचना

img

काठमाडौं । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोटरसाइकल तथा स्कुटर (बाइक)को पछाडि बस्ने यात्रुलाई पनि हेल्मेट अनिवार्य गर्नेबारे छलफल भयो । यो छलफलपछि धेरैले सरकारको यस्तो गृहकार्यको आचलोचना गरेका छन्, अधिकांशलाई लाग्छ कि यो विषय अव्यवहारिक र स्वार्थप्रेरित छ ।

स्रोतकाअनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नै मोटरसाइकलको पछाडि बस्ने यात्रुको जीवन सुरक्षामा सरकारले पर्याप्त ध्यान नदिएको भन्दै पटक–पटक चासो व्यक्त गरेपछि मन्त्रालयले यस्तो छलफल गरेको हो । मंगलबारको छलफलमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि ग्याम्पो दोर्जीले ‘डबल हेल्मेट’को प्रचलन अन्तर्राष्ट्रिय रुपमै अनिवार्य भइसकेको र हेल्मेट गुणस्तर पनि हेर्नुपर्ने बताएका थिए । अहिले चालकले प्रयोग गरिरहेका हेल्मेट गुणस्तरीय नहुँदा दुर्घटनामा ज्यान नजोगिने समस्या देखिएको उनको भनाइ थियो ।

पछिल्लो समयममा भियतनाम जस्ता देशले यस्तो निर्णय लागु गरेर मोटरसाइकल दुर्घटनाबट हुने मृत्युदर धेरै घटाएका छन्, त्यसैलाई ध्यानमा राखेर डब्ल्यूएचओले यसमा चासो राखेको हो । मन्त्रालयका एक अधिकारीका अनुसार डब्ल्यूएचओले यस्तो नियम लागु गर्न सरकारसँग वकालत गरिरहेको छ ।

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा सवारी दुर्घटनाबाट हुने मृत्युदर घटाउने प्रतिवद्धता गरेको छ, त्यसको अनुगमन डब्ल्ययूएचओले गरिहरेको छ,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘उसको चासोका आधारमा छलफल थालेका हौं, तर, यो नियम सबैलाई बुझाएर लागु गर्न सकेमा दुर्घटनाबाट मृत्यु वा गम्भीर घाइते हुने दर धेरै घट्छ ।’

डब्ल्यूएचओको दबाबमा सरकारले तत्कालै यस्तो नियम बाध्यकारी बनाउँछ कि बनाउँदैन भन्ने आम चासो छ । ‘दोहोरो हेल्मेट’को नियम लागु गर्न तयारी थालेको सरकारसँग पछाडि बस्ने यात्रुले हेल्मेट नलगाउँदा दुर्घटनामा कति मानवीय क्षति भयो भन्ने यकिन तथ्यांक पनि छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरमणि अधिकारीका अनुसार कुल सवारी दुर्घटनामध्ये करिब ६९ प्रतिशत मोटरसाइल र स्कुटरकै हुने एक अध्ययनले देखाएको छ । उनका अनुसार मोटरसाइकल दुर्घटनामा ज्यान जानेको संख्या पनि सानो छैन ।

यातायात व्यवस्था विभागका अनुसार मोटरसाइकल दुर्घटनामा धेरैजसो २० देखि ३५ वर्षसम्मका युवाहरुले ज्यान गुमाइरहेका छन् । बढ्दो मोटरसाइकल दुर्घटनाले हुने मानवीय, सामाजिक र आर्थिक क्षति न्यूनीकरण गर्न आवश्यक रहेको विभागको निष्कर्ष छ ।

दुई पांग्रे सवारीको दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटाउन भन्दै सरकारले यस्तो नियम ल्याउन गृहकार्य गरेको पहिलोपटक होइन । पछाडि बस्ने यात्रुलाई पनि हेलमेट लगाउन अनिवार्य गर्नुपर्नेबारे यसअघि पनि पटक–पटक छलफल भएका छन् ।

तर, यस्ता छलफल सुरु हुनासाथ विरोधको आवाजहरु उठ्छन् । धेरैले त सीमित हेल्मेट व्यापारीको स्वार्थमा यस्तो नीतिहरु बनाउन खोजिएको आरोपसम्म लगाउने गरेका छन् ।

कानुनअनुसार त पछाडि बस्ने यात्रुले हेल्मेट लगाउनै पर्ने नियम छ । तर, कार्यान्वयन गर्न खोज्दा उत्पन्न हुने विवादका कारण स्थगित हुँदै आएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३० को उपदफा २ मा लेखिएको छ, ‘दुई पांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ ।’ तर, ट्राफिक प्रहरीले चालकले हेल्मेट लगाउनै पर्ने गरी कडाइ गरेको छ । जरिवाना नै तिर्नुपर्ने भएकाले यो नियम बाध्यकारी भइसकेको छ ।

तर, पछाडि बस्ने यात्रुका यस्तो नियम लागु गर्न सरकारले आँट देखाएको छैन । यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे कानुनमा भएको व्यवस्था लागु गर्न छलफल सुरु भएको बताउँछन् । तर, यस्तो नियम लागु गर्नुअघि जनताले मसहुस गर्न सक्ने अप्ठेरा पक्षलाई विचार गरेर निर्णय लिइने उनले बताए ।

 

img

Share: