• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार सुचना प्रविधि

मधेश प्रदेशमा दर्ता अनलाइन सञ्चारमाध्यमलाई प्रभावकारी बनाउने प्रयास

img

भूपदेव माली
जेठ २, जनकपुरधाम । मधेश प्रदेश सरकारको आमसञ्चार प्राधिकरणले प्रदेशमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमलाई अझ प्रभावकारी बनाउन हामी प्रयासरत रहेको प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले बताउनु भएको छ। धनुषाको मिथिला नगरपालिकाको ढल्केबर स्थित कोमल होटलमा प्राधिकरण द्वारा आयोजित मधेश प्रदेश आमसञ्चार प्राधिकरणमा दर्ता भएका अनलाइन सम्पादकहरूसँग एकदिने अन्तरक्रिया कार्यक्रममा अध्यक्षले सो बताएका हुन्।
उनले केही कानुनी कठिनाइले गर्दा अनलाइन सञ्चार माध्यमलाई दरो बनाउन अप्ठ्यारो भएपनि निकट भविष्यमा लोक कल्याणकारी विज्ञापनहरूको रकममा वृद्धि गरेर बलियो बनाउने बताए। अनलाइन सञ्चारमा कार्यरत पत्रकारहरूलाई क्षमता अभिवृद्धि गर्नका लागि निकट भविष्यमा साथ दिने तालिम समेतको व्यवस्था गर्ने बताउनुभयो।।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पूरण साह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सञ्चालन फत्त बहादुर विश्वकर्माले गरेका थिए भने स्वागत मन्तव्य ज्योति झाले राखेकी थिइन्।
कार्यक्रममा आमसञ्चार प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत सन्तोष साहले प्रदेशमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरूको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए। उनले प्रदेशभर ११९ वटा अनलाइन सञ्चारमाध्यम दर्ता भए पनि नियमित रूपमा अद्यावधिक हुने संख्या २७ मात्र रहेको बताए।
त्यस्तै, दर्ता भएका सञ्चारमाध्यममध्ये दैनिक कम्तीमा एउटा समाचार नियमित रूपमा प्रकाशन गर्ने अनलाइनको संख्या केवल १२ वटा मात्र रहेको जानकारी दिँदै उनले सञ्चारमाध्यमको व्यावसायिकता, नियमितता र विश्वसनीयता अभिवृद्धि गर्न आवश्यक रहेको औँल्याए।
अन्तरक्रिया कार्यक्रममा सहभागी सम्पादक तथा सञ्चारकर्मीहरूले अनलाइन पत्रकारितामा देखिएका चुनौती, दर्ता तथा नवीकरण प्रक्रिया, सामग्रीको गुणस्तर तथा डिजिटल सञ्चारको प्रभावकारिताबारे छलफल गरेका थिए। कार्यक्रममा सञ्चार क्षेत्रलाई थप जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी