सुमन राई
कञ्चनरूप, १६ साउन।सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा आपसी भाइचारालाई सुदृढ बनाउने उद्देश्यले शनिबार सप्तरीकाे कञ्चनरूपमा शान्ति तथा सद्भाव र्याली सम्पन्न भएको छ। सुनसरीकाे घटनाले सप्तरीमा पनि उग्ररुप लिएपछि शान्ती सदभावकाे कामना गरि स्थानिय ग्रामिण युवा क्लव कंचनपुरकाे आयोजनामा र्याली निकालिएकाे हाे ।
विभिन्न स्थानमा देखिएका तनावपूर्ण घटनापछि जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्ने सन्देश दिन स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, विभिन्न धार्मिक अगुवा, युवा, व्यापार संघ तथा सर्वसाधारणको र्यालीमा सहभागि थिए ।
र्याली कंचनपुर बेरियरकाे मुख्य चोकबाट सुरु भई नगरका विभिन्न सडक परिक्रमा गर्दै पुनः सभामा परिणत भएको थियो। सहभागीहरूले “सामाजिक सद्भाव कायम गरौं”, “हिंसा होइन, शान्तिको बाटो रोजौं”, “जात, धर्म र समुदायबीच एकता कायम गरौं” लगायतका नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए।

कार्यक्रमका अध्यक्ष संजय पासवानले र्यालीलाई सम्बोधन गर्दै भने कुनै पनि घटना वा विवादलाई हिंसात्मक रूप दिनुभन्दा संवाद, सहिष्णुता र कानुनी प्रक्रियाबाट समाधान खोज्नु पर्छ । पासवाले समाजमा फैलिन सक्ने अफवाह र भ्रामक सूचनाप्रति सचेत रहन तथा सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोग गर्न सबैमा आग्रह समेत गरे ।
१२ नम्बर वडा सदस्य जैनुद्दिन मिया( चुराैटे) ले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले सबै समुदायबीचको आपसी विश्वास, सम्मान र सहकार्य नै राष्ट्रिय एकताको आधार भएको उल्लेख गरे। समाजमा द्वन्द्व र विभाजन फैलाउने गतिविधिलाई निरुत्साहित गर्दै शान्ति, सद्भाव र सहअस्तित्वको संस्कृतिलाई अझ सुदृढ बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको उनकाे भनाइ थियो।
यसैगरी नेकपा एमालेका प्रदेश सदस्य जीत बहादुर बिश्वकर्माले जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्न, नागरिकबीच आपसी विश्वास अभिवृद्धि गर्न तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले सद्भाव आवश्यक रहेको ओेेैल्याए । र्यालीमा नेपाल प्रहरी, शसस्त्र प्रहरीकाे उल्लेख्य भुमिका रहेकाे जनाइकाे छ । ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी राजन रायमाझीले यहाँ स्थित शान्ती सद्भाव खलबलिने गरि वा कुनैपनि अप्रीय घटना हुन नदिन आफुले भुमीका निर्वाह गरेकाे बताए ।