• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

भारदहमा संविधान संरक्षण विषयक कार्यक्रम सम्पन्न

img

आश्विन ३, भारदह। भारदहमा नेकपा एमालेको संविधान संरक्षण विषयक कार्यक्रम सम्पन्न भएको छ। शनिबार संविधानलाई संरक्षण गरौं भन्दै सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका अन्तर्गत भारदह स्थित शहिद राजिव चौकमा मैनबत्ती बालेर कार्यक्रम सम्पन्न गरिएको हो।
सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य आकाश यादव ,जिल्ला कमिटीका पूर्व सदस्य सोभित लाल यादव,स्थानीय नेता राजीव ऐकरा सैलेन्द्र देव लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा मैनवती प्रज्वलन पछि नेकपा एमाले जिन्दाबाद !नेपालको संविधानलाई संरक्षण गरौं !केपी शर्मा ओली जिन्दाबाद! जस्ता नारा लगाइएको थियो।

img

Share:
Tags